बार्सिलोना रायो भालेकानोसँग ४–१ को अन्तरले पराजित  « Khabarhub

बार्सिलोना रायो भालेकानोसँग ४–१ को अन्तरले पराजित 


१४ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको बार्सिलोना पराजित हुन पुगेको छ ।

म्याड्रिडमा बुधवार राति भएको खेलमा घरेलु टोली भालेकानोसँग पराजय हुन पुगेको हो ।

भालेकानो २–१ ले विजयी हुँदा शीर्षस्थानमा रहेको बार्सिलोना स्तब्ध हुन पुगेको छ ।

खेलको १९औं मिनेटमा अल्भारो गार्सियाले गोल गरेपछि भालेकानो १–० ले अघि बढेको थियो ।

भालेकोनाको गोल पोष्टमा गोल हान्ने अनवरत प्रयास गरे पनि अन्ततः बार्सिलोना पहिलो हाफमा नै १–० ले पछि पर्न पुग्यो ।

दोस्रो हाफको सुरुवाती अर्थात ५३औं मिनेटमा फ्रान्सिस्को गार्सियाले गोल गर्दै रायो भालेकानोलाई २–० को अन्तरले अग्रता दोब्बर बनाए ।

तर, ८३औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए पनि थप गोल हान्न नसक्दा बार्सिलोनाले पराजय भोग्नु पर्‍यो ।

यस सिजनमा तेस्रो हार बेहोरेको बार्सिलोनाले ३१ खेलबाट ७६ अंक जोडेको छ भने भालेकानो ४३ अंकसहित नवौं स्थानमा उक्लिएको छ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार  ७ : ३८ बजे

शैक्षिक सत्र सुरु नहुँदै भर्ना नलिन मन्त्रालयको निर्देशन, अटेरी गरे कारबाही गर्ने चेतावनी 

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्र सुरु हुनुअघि

बहुविवाह मुद्दाका दुईजना फरार प्रतिवादी पक्राउ

स्याङ्जा– बहुविवाह मुद्दाका दुई जना फरार प्रतिवादीहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको

१२ महिनामा विपद्का ७ हजार बढी घटना, १ सय ४० को मृत्यु, ३६ जना बेपत्ता 

काठमडौं– वैशाख गतेदेखि चैत २४ गतेसम्म देशभर भएका विभिन्न विपद्का

पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल

महेन्द्रनगर– शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

अख्तियारको सार्वजनिक कार्यक्रममै फोटो-भिडिओ खिच्न नदिएपछि…

दमौली- नेपाल पत्रकार महासंघ तनहुँ शाखाले पत्रकाहरूलाई फोटो-भिडियो खिच्न रोक