‘पूर्वलडाकूको नाममा पैसा बाँड्ने काम स्वीकार्य हुँदैन’ « Khabarhub

‘पूर्वलडाकूको नाममा पैसा बाँड्ने काम स्वीकार्य हुँदैन’


१४ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले पूर्व अयोग्य लडाकुको नाममा पैसा बाँड्ने कार्य स्वीकार्य नहुने बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत कोइरालाले मुलुकको ढुकुटीमा पैसा नभएर सरकारी कर्मचारीलाई तलब र पूर्व शिक्षकहरूको पेन्सन दिन समेत नसकेको अवस्थामा सरकारले पूर्व लडाकुको नाममा पैसा बाँड्ने कार्य स्वीकार्य नहुने बताएका हुन्। 

उनले विगतमा क्यान्टोनमेन्टमा भएका लडाकुका लागि लिएको पैसाको हिसाबकिताब नबुझाएको र द्वन्द्वकालीन समस्या समाधानमा आनाकानी गर्दै लम्ब्याएको आरोप पनि लगाएका छन्।

कोइरालाले माओवादी नेतृत्वको सरकारको यस्ता कामको विरोध गर्दै सचेत रहनुपर्ने बताएका छन्। उनले  पूर्व लडाकुलाई पैसाभन्दा रोजगारी दिन सुझाव दिएका छन्। 

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार  १२ : ५९ बजे

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

बागलुङ– बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै १० करोडको क्षति पुगेको

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको

कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

विराटनगर- कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन आज राति १२ बजेदेखि