लक्ष्यअनुसारको राजस्व संकलन गर्न मुस्किल « Khabarhub

लक्ष्यअनुसारको राजस्व संकलन गर्न मुस्किल


१४ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

भजनी– चालु आर्थिक वर्षमा कैलालीको सत्ती भन्सार कार्यालयले लक्ष्यअनुसारको राजस्व संकलन गर्न मुस्किल देखिएको छ । भन्सार कार्यालयको मासिक राजस्व संकलनको अवस्था हेर्दा लक्ष्यको आधा रकम पनि संकलन नभएको देखिएकाले चालु आर्थिक वर्षमा लक्ष्य भेटाउन मुस्किल पर्ने देखिएको हो ।

भन्सार कार्यालयले चालु आर्थिक वर्ष सकिन तीन महिना बाँकी रहँदा चैत मसान्तसम्म पाँच करोड ३१ लाख ६८ हजार एक सय ८७ अर्थात् कूल लक्ष्यको ३१ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ । भन्सारले १६ करोड ९४ लाख ४१ हजार राजस्व संकलनको लक्ष्य लिएको थियो । लक्ष्य पूरा गर्नका लागि भन्सार कार्यालयले बाँकी रहेको तीन महिनामा ११ करोड ६२ लाख ७२ हजार आठ सय १३ रुपैयाँ राजस्व संकलन गर्नुपर्ने देखिन्छ ।

भन्सार कार्यालयका निमित्त प्रमुख तुलसीराम थारुले चालू आर्थिक वर्षमा राजस्वको लक्ष्य भेटाउन मुस्किल रहेको बताए । ‘चैतसम्म कूल राजस्वको ३१ प्रतिशत मात्रै संकलन भएको छ । अब तीन महिनामा त्यस्तो कुनै चमत्कार नै भन्न सकिँदैन, नभए यस वर्ष लक्ष्य पूरा हुँदैन’, उनले भने , ‘अहिलेको आर्थिक मन्दीका कारण राजस्व संकलनमा गिरावट आएको हो । दिनभर भन्सार सुनसान हुँदा राजस्व कसरी उठ्छ ? उनका अनुसार उठेको राजस्व पनि सबै आयातीत सामानबाट संकलन भएको हो ।’

सत्ती भन्सारबाट निर्यात भने शून्य जस्तै भएको निमित्त प्रमुख थारु बताउँछन् । ‘भन्सारबाट आउने सबैभन्दा बढी भनेको हार्डवयरको सामान हो । त्यसपछि छिटफुट कपडालगायतका सामानको आयात हुन्छ’, थारुले भने, ‘त्यसबाहेकको सामान आयात निकै कम हुन्छ । तरकारीलगायतका वस्तुको आयातका लागि क्वारेन्टाइन छैन । त्यो भए राजस्व बढ्थ्यो की ? ।’

मूल भन्सार कायम भएपछि सत्ती भन्सार कार्यालयले एक वर्षमात्रै लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको देखिन्छ । आर्थिक वर्ष २०७७-७८ मा भन्सार कार्यालयले एक सय ११ प्रतिशत राजस्व संकलन गरेको थियो । उक्त आर्थिक वर्ष भन्सार कार्यालयले रु १४ करोड २३ लाख ४८ हजार राजस्व सङ्कलनको लक्ष्य पाएकामा रु १५ करोड ८३ लाख सात हजार नौ सय ७३ राजस्व संकलन गरेको थियो । त्यसभन्दा अन्य कुनै पनि वर्ष लक्ष्यअनुसारको राजस्व संकलन
नभएको थारुले बताए ।

गत आवमा पनि भन्सारले लक्ष्यअनुसारको राजस्व संकलन गर्न सकेन । भन्सारले गत वर्ष पनि रु २० करोड ५८ लाख ६१ हजारको लक्ष्य लिएकामा रु १० करोड ६७ लाख ९३ हजार छ सय चार राजस्व संकलन गर्न सकेको थियो । यो लक्ष्य सत्ती भन्सार कार्यालय स्थापनादेखिकै सबैभन्दा बढी हो । आर्थिक वर्ष २०७५-७६ मा मूल भन्सारका रुपमा विकास भएको सत्ती भन्सार कार्यालयले त्यस वर्ष लक्ष्यको ६३ दशमलव २३ प्रतिशत अर्थात् पाँच करोड ६९ लाख ११ हजार  छ सय ७३ राजस्व संकलन भएको थियो । भन्सारलाई रु नौ करोड राजस्व संकलन गर्ने लक्ष्य दिइएको थियो । 

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार  २ : २५ बजे

कालिगण्डकीमा खसेर बालक बेपत्ता

म्याग्दी – म्याग्दी र पर्वतको सिमाना भएर बग्ने कालिगण्डकी नदीमा

सात हजार ४६२ बालबालिका सरकारको संरक्षणमा

काठमाडाैं – चालु आर्थिक वर्षमा बालबालिका विरुद्धको हिंसा तथा जोखिममा

अल इन्डिया गोल्डकप खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका र कञ्चनपुर जिल्ला क्रिकेट सङ्घले

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै अमेरिका र इरान

तेहरान – मध्यपूर्व युद्ध सुरु भएको तीन महिनापछि बिहीबार संयुक्त

आजका समाचार : आयोगको प्रतिवेदनले खैलाबैला, रवीन्द्र उत्कृष्ट जीत र मध्यपूर्वमा हानाहान जारी

यूएफसी छनोटमा फिलिपिन्सका प्रतिस्पर्धीलाई सजिलै हराए रवीन्द्र ढाँटलेनेपालका रवीन्द्र ढाँटले