प्राप्त उपलब्धि रक्षामा प्रेसको भूमिका महत्वपूर्ण : पृथ्वीसुब्बा गुरुङ « Khabarhub

प्राप्त उपलब्धि रक्षामा प्रेसको भूमिका महत्वपूर्ण : पृथ्वीसुब्बा गुरुङ


१४ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

गण्डकी– नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जनताको बलबाट प्राप्त उपलब्धिको रक्षाका लागि प्रेस जगतको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

प्रेस चौतारी कास्की शाखाद्वारा आज आयोजित पुरस्कार वितरण कार्यक्रममा उनले संविधान, राष्ट्रियता, स्वाधीनता, स्वतन्त्रता र स्वाभिमानको रक्षामा सञ्चारमाध्यमले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए ।

उनले प्राप्त उपलब्धि रक्षाका लागि मुलुकका ठूला राजनीतिक दल संगठीत हुनुपर्नेमा जोड दिए । उनले दर्शन र सिद्धान्त स्पष्ट नहुने पार्टीबाट विकासको अपेक्षा गर्न नसकिने बताए ।

प्रदेशका पूर्वमुख्यमन्त्री गुरुङले संघीयताको मर्मअनुसार सरकारले काम गर्नुपर्ने सुझाव दिए । एमालेका सचिव एवं गण्डकी प्रदेश इञ्चार्ज पद्मा अर्यालले सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गरी जनतालाई सुसूचित गर्न  प्रेस जगत सधैँ सचेत हुनुपर्नेमा जोड दिए । 

एमाले स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले संविधानको रक्षाका लागि पत्रकार राजनीतिकभन्दा माथि उठ्नुपर्ने आवश्यकता औँल्याए । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले नेपाली प्रेसले लोकतन्त्रका पक्षमा  कलम चलाउँदै आएको उल्लेख गरे ।

सो अवसरमा प्रेस चौतारी पत्रकारिता पुरस्कार २०७५ देखि ०७९ बाट पाँच पत्रकारलाई प्रदान गरिएको थियो । सो पुरस्कार श्यामनाथ कुँवर, रामकृष्ण ज्ञवाली, दीपेन्द्र श्रेष्ठ, केशव पाठक र सुष्मा पौडेललाई प्रदान गरिएको थियो । 

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार  २ : ५९ बजे

कृष्णभीरमा सडक भासिएपछि उपत्यका बाहिर ग्यास भर्न थालियो : कसरी हुँदैछ ‘बोटलिङ’ ?

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा हुन

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २० गते शनिबार सन् २०२६

आज २०८३ साल भदौ २० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २० गते शनिबार सन् २०२६

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक