एमाले उम्मेदवार न्यौपानेद्वारा चितवन-२ का मतदातालाई धन्यवाद « Khabarhub

एमाले उम्मेदवार न्यौपानेद्वारा चितवन-२ का मतदातालाई धन्यवाद


१४ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन-२ को उपनिर्वाचनबाट पराजित एमाले उम्मेद्वार राम न्यौपानेले मतदातालाई धन्यवाद दिएका छन् । एमाले जिल्ला अध्यक्षसमेत रहेका न्यौपानेले जिल्ला कमिटीमार्फत धन्यवाद सन्देश प्रेषित गरेका हुन् ।

न्यौपानेले सन्देशमा चितवन–२ को उपनिर्वाचनमा आफ्नो पार्टी एमालेको सूर्य चिन्हमा मतदान गर्ने सम्पूर्ण मतदातालाई धन्यवाद दिएका छन् । उपनिर्वाचनको परिणामलाई सहर्स स्वीकार गर्दै अहोरात्र खटिने पार्टी र जनसंगठनका विभिन्न तहका जिम्मेवारीमा रहेका नेता, कार्यकर्ता, सदस्य, सदस्य, शुभेच्छुक एवम् विभिन्न प्रकारले सहयोग गर्नेप्रति धन्यवाद व्यक्त गरेका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय, कर्मचारी, निर्वाचन प्रक्रियामा सहभागी हुने सबै राजनीतिक दल तथा उम्मेदवार, सुरक्षाकर्मी, सञ्चारकर्मी, पत्रकार एवम् पर्यवेक्षकलगायत सम्पूर्णप्रति उनले आभार व्यक्त गरेका छन् ।

न्यौपानेले निर्वाचनका क्रममा आफ्नो पार्टीले मतदाता समक्ष गरेका विभिन्न प्रतिवद्धता पूरा गर्नका लागि राज्यका निकायहरूको ध्यानाकर्षण गरेर चितवनको विकास र समृद्धिको लागि सबैसँग हातेमालो गर्दे सदैव क्रियाशील रहने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार  ५ : ५८ बजे

चितवनमा ग्यास वितरण सहज बनाउन चार उद्योगद्वारा एकै ठाउँबाट बिक्री

चितवन – खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले

सिरुबारी पहिरो : बेनी-जोमसोम सडकको मुख्य चुनौती

म्याग्दी – रघुगङ्गा गाउँपालिका-२ सिरुबारीको पहिरो भारत र चीनलाई जोड्ने

देउवाले भने : विशेष महाधिवेशनले कांग्रेस कमजोर भयो, अदालतले न्याय दिनेमा ढुक्क छु

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्रको विवादलाई

आफू प्रजातन्त्र पक्षधर भएकैले ज्ञानेन्द्रले जेल हाले : देउवा

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू प्रजातन्त्रको पक्षधर भएकाले