युद्धविरामका बीच सुडानमा हवाई हमला « Khabarhub

युद्धविरामका बीच सुडानमा हवाई हमला


१४ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

खार्तुम– अमेरिका र साउदी अरबको मध्यस्थतामा गत सोमबार मध्यरातदेखि सुडानमा लागू भएको ७२ घण्टे युद्धविरामका बीच राजधानी खार्तुममा हवाई हमला भएको छ ।

सैनिक जनरल अब्देल फताह अल बुरहान नेतृत्वको सुडानी सेनाले उनका पूर्वसहयोगी मोहम्मद हमदान डग्लोले नेतृत्व गरेको अर्धसैनिक र्‍यापिड सपोर्ट सपोर्ट फोर्स (आरएसएफ)लाई निशान बनाएर हवाई हमला गरेको हो । डाफरमा पनि घातक हमला भएका विवरण प्राप्त भएका छन् ।

व्यापार र विकासका लागि गठित आठ वटा अफ्रिकी देशको अन्तरसरकारी परिषद् आइजिएडीले जारी युद्धविरामलाई थप ७२ घण्टाका निम्ति लम्ब्याउन दक्षिण सुडानको राजधानी जुबामा वार्ताको प्रयत्न गरिरहेका बेला खार्तुममा पुनःयुद्ध चर्केको हो । प्रत्यक्षदर्शीका अनुसार हवाई हमलाका अतिरिक्त जमिनमा दुवै पक्षबीच गोली हानाहान भइरहेको छ । गोलीबारुद विष्फोटका चर्का आवाज सुनिएका छन् ।

युद्धविरामको अवधि अरू तीन दिन बढाउने आइजिएडीको प्रस्तावलाई सुडानी सेना प्रमुख बुरहानले सहमति जनाएका तर उनका प्रतिद्वन्द्वी डग्लोबाट स्पष्ट जवाफ प्राप्त नभएको सैनिक अधिकारीहरूले बताएका छन् ।

तेह्र दिनदेखि जारी युद्धमा कम्तीमा पाँच सय १२ जनाको मृत्यु भएको तथा चार हजार एक सय ९३ जना घाइते भएका सुडानी स्वास्थ्य मन्त्रालयले जनाएको छ । यद्यपि युद्धमा परी ज्यान गुमाउने र घाइते हुनेको सङ्ख्या यो भन्दा धेरै बढी भएको अनुमान गरिएकाे छ ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार  ६ : १३ बजे

दुई कांग्रेसको जम्काभेट हुने भएपछि बहादुर भवनमा उच्च सतर्कता

काठमाडौं- निर्वाचन आयोगको सुरक्षा व्यवस्था चुस्त पारिएको छ । नेपाली

न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द

काठमाडौं- न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै

मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद

६ महिनामा आयो ३९ अर्बको प्रतिबद्धता, कृषि क्षेत्रमा देखियो लगानीको आकर्षण

काठमाडौं– नेपालमा चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ३९ अर्ब बढीको

लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

काठमाडौं– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरी शुक्रबार