‘सुडानबाट उद्धार गरिएका थप २ सय ४६ जना भारतीय मातृभूमि फर्केका छन्’ « Khabarhub

‘सुडानबाट उद्धार गरिएका थप २ सय ४६ जना भारतीय मातृभूमि फर्केका छन्’


१४ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

मुम्बई– सुडान द्वन्द्वका कारण उद्धारको पर्खाइमा रहेका भारतीयहरुमध्ये थप २४६ जनालाई लिएर अर्को विमान बिहीबार मुम्बईमा अवतरण गरेको छ ।

‘अर्को विमान मुम्बई आइपुगेकाे छ । थप २४६ जना भारतीय मातृभूमि फर्केका छन्,’ भारतीय विदेशमन्त्री जयशङ्करले ट्वीटरमा लेखेका छन् ।

यसअघि बिहीबार नै केन्द्रीय विदेश राज्यमन्त्री भी मुरलीधरनले द्वन्द्वग्रस्त सुडानबाट उद्धार गरिएका १२८ जना भारतीय नागरिकलाई भारतीय वायु सेनाको विमान सी–१३० जे विमानबाट ‘अपरेसन कावेरी’ अन्तर्गत साउदी अरेबियाको जेद्दाह आइपुगेको बताएका थिए ।

‘अपरेसन कावेरी’को नेतृत्वमा भारतीय वायुसेनाको अर्को सी–१३० जे विमान १२८ जना भारतीयलाई लिएर जेद्दा आइपुगेको छ । जेद्दाह आइपुगेका सबै भारतीयलाई जतिसक्दो चाँडो भारत पठाउने प्रयास भइरहेको मुरलीधरनले बताए । उनले जेद्दाहमा भारतीय नागरिकहरू विमानबाट ओर्लेको भिडियो पोस्ट गरेका थिए।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले ट्वीट गर्दै भन्छन्, ‘भारतीय वायुसेनाको चौथो सी–१३० जे विमान पोर्ट सुडानबाट १२८ यात्रु लिएर जेद्दाका लागि उडेको छ ।

‘अपरेसन कावेरी’ अन्तर्गत सुडानबाट उद्धार गरिएका भारतीयहरूको यो छैटौँ समूह हो । योसँगै कूल एक हजार १०० भारतीयहरूलाई सुडानबाट फिर्ता गरिएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार  ६ : २५ बजे

दुई कांग्रेसको जम्काभेट हुने भएपछि बहादुर भवनमा उच्च सतर्कता

काठमाडौं- निर्वाचन आयोगको सुरक्षा व्यवस्था चुस्त पारिएको छ । नेपाली

न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द

काठमाडौं- न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै

मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद

६ महिनामा आयो ३९ अर्बको प्रतिबद्धता, कृषि क्षेत्रमा देखियो लगानीको आकर्षण

काठमाडौं– नेपालमा चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ३९ अर्ब बढीको

लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

काठमाडौं– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरी शुक्रबार