संयुक्त राष्ट्रसंघद्वारा चाडमा एक हजार बढी सुडानी शरणार्थी परिवार दर्ता « Khabarhub

संयुक्त राष्ट्रसंघद्वारा चाडमा एक हजार बढी सुडानी शरणार्थी परिवार दर्ता


१४ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

याउण्डे- सशस्त्र द्वन्द्व चलिरहेको छिमेकी सुडानबाट चाडमा प्रवेश गरेका एक हजार भन्दा बढी परिवारहरूलाई संयुक्त राष्ट्रसंघ शरणार्थी एजेन्सीले चाडमा दर्ता गरेको छ ।

चाडस्थित प्रतिनिधि लाउरा लो क्यास्ट्रोले बताएअनुसार ‘पूर्वी चाडमा सुडानी शरणार्थीहरूको आगमन बढ्दो छ । अप्रिल २५ गतेदेखि यहाँ शरणार्थीको प्रारम्भिक दर्ता सुरु गरिएको हो।’

क्यास्ट्रोले यसअघि समस्याग्रस्त सुडानबाट १०हजार देखि २० हजार मानिसहरू चाडमा भागेको अनुमान गरेका थिए । त्यस्तै विश्व खाद्य कार्यक्रम, युनएचसीआर, संयुक्त राष्ट्रसंघ बालकोष र चाडको राष्ट्रिय आयोगबीच  शरणार्थी व्यवस्थापन का निम्ति संयुक्त मिसन सञ्चालन गरिएको छ।

संयुक्त राष्ट्रसंघले गत हप्ता चेतावनी दिँदै नयाँ आगमनहरू ‘बढ्दो’ मानवीय आवश्यकताहरू र ‘दीर्घकालीन’ रूपमा बढ्न सक्ने र बजेट अभावले गर्दा समस्या समाधानमा थप जटिलता आउन सक्ने प्रक्षेपण गरेको थियो ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार  ६ : ४९ बजे

दुई कांग्रेसको जम्काभेट हुने भएपछि बहादुर भवनमा उच्च सतर्कता

काठमाडौं- निर्वाचन आयोगको सुरक्षा व्यवस्था चुस्त पारिएको छ । नेपाली

न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द

काठमाडौं- न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै

मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद

६ महिनामा आयो ३९ अर्बको प्रतिबद्धता, कृषि क्षेत्रमा देखियो लगानीको आकर्षण

काठमाडौं– नेपालमा चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ३९ अर्ब बढीको

लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

काठमाडौं– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरी शुक्रबार