संयुक्त राष्ट्रसंघद्वारा चाडमा एक हजार बढी सुडानी शरणार्थी परिवार दर्ता « Khabarhub

संयुक्त राष्ट्रसंघद्वारा चाडमा एक हजार बढी सुडानी शरणार्थी परिवार दर्ता


१४ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

याउण्डे- सशस्त्र द्वन्द्व चलिरहेको छिमेकी सुडानबाट चाडमा प्रवेश गरेका एक हजार भन्दा बढी परिवारहरूलाई संयुक्त राष्ट्रसंघ शरणार्थी एजेन्सीले चाडमा दर्ता गरेको छ ।

चाडस्थित प्रतिनिधि लाउरा लो क्यास्ट्रोले बताएअनुसार ‘पूर्वी चाडमा सुडानी शरणार्थीहरूको आगमन बढ्दो छ । अप्रिल २५ गतेदेखि यहाँ शरणार्थीको प्रारम्भिक दर्ता सुरु गरिएको हो।’

क्यास्ट्रोले यसअघि समस्याग्रस्त सुडानबाट १०हजार देखि २० हजार मानिसहरू चाडमा भागेको अनुमान गरेका थिए । त्यस्तै विश्व खाद्य कार्यक्रम, युनएचसीआर, संयुक्त राष्ट्रसंघ बालकोष र चाडको राष्ट्रिय आयोगबीच  शरणार्थी व्यवस्थापन का निम्ति संयुक्त मिसन सञ्चालन गरिएको छ।

संयुक्त राष्ट्रसंघले गत हप्ता चेतावनी दिँदै नयाँ आगमनहरू ‘बढ्दो’ मानवीय आवश्यकताहरू र ‘दीर्घकालीन’ रूपमा बढ्न सक्ने र बजेट अभावले गर्दा समस्या समाधानमा थप जटिलता आउन सक्ने प्रक्षेपण गरेको थियो ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार  ६ : ४९ बजे

भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय

काठमाडौं– भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि संकलित

भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस

मुस्ताङ– यही भदौ २३ गते रातिको भूकम्पछि उपल्लो मुस्ताङको लोमान्थाङ

जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

बनेपा– काभ्रेपलाञ्चोकले विपद्पछि उद्धार र राहतमा केन्द्रित हुने अभ्यास परिवर्तन

विपद्को सुरुवाती चरणमै प्रभावकारी व्यवस्थापन हुन नसक्दा मानवीय क्षति बढ्यो : कुलमान घिसिङ

ललितपुर – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विपद्को