राप्रपा अध्यक्ष थापाको चुनावी खर्च साढे १५ लाख « Khabarhub

राप्रपा अध्यक्ष थापाको चुनावी खर्च साढे १५ लाख


१४ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा साढे १५ लाखभन्दा बढी खर्च गरेको विवरण निर्वाचन आयोगलाई बझाएका छन्।

गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा मकवानपुर क्षेत्र नं १ बाट सूर्य चिन्ह लिएर चुनावी प्रतिस्पर्धामा उत्रिएका अध्यक्ष थापाले १५ लाख ३७ हजार तीन सय ४० खर्च गरेको विवरण निर्वाचन आयोगलाई बुझाएका हुन्  ।

थापाका निर्वाचन प्रतिनिधि राजाराम बर्तौलाले बुझाएको विवरणानुसार सवारी साधनमा दुई लाख, सम्पर्क कार्यालय सञ्चालनमा तीन लाख, गोष्ठी, अन्तरक्रिया शीर्षकमा दुई लाख, प्रतिनिधि परिचालनमा चार लाख, प्रचारप्रसार सामग्रीमा एक लाख ७७ हजार नौ सय र प्रचारप्रसारका लागि छापा एवं विद्युतीय माध्यममा दुई लाख ५९ हजार चार सय ४० खर्च भएको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार  ६ : ४६ बजे

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

बागलुङ– बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै १० करोडको क्षति पुगेको

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको

कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

विराटनगर- कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन आज राति १२ बजेदेखि