शान्तिपूर्ण आन्दोलन गर्न पहिचानवादीलाई ओलीको आग्रह « Khabarhub

शान्तिपूर्ण आन्दोलन गर्न पहिचानवादीलाई ओलीको आग्रह


१४ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिचानवादीलाई शान्तिपूर्ण राजनीति गर्न आग्रह गरेका छन् । एमाले जिल्ला कमिटी इलामले बिहीबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कोशी प्रदेश नामकरणको विरोधमा प्रदर्शन गर्नेहरुलाई शान्तिपूर्ण आन्दोलन गर्न आग्रह गरेका हुन् ।

उनले आफूहरूले गरिरहेको संस्कृति र शान्तिपूर्ण व्यवहारका विरुद्ध केही मानिसले हमला गर्ने र ढुंगा हान्ने गरेको बताएका छन् । ओली पहिचानको नाम गरेर हमला गर्ने, ढुंगा हान्ने काम राजनीति नभएर भँडुवा नीति भएको बताए ।

कार्यक्रममा एमालेका उपाध्यक्ष सुवास नेम्बाङले पहिचान र समावेशीताका लागि एमालेले नै अग्रसर भएर लडाइँ लडेको स्मरण गरे । अध्यक्ष ओलीलगायतका नेतालाई पहिचानवादीले मेची राजमार्गमा अवरोध गरेका थिए ।

 

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार  ८ : २९ बजे

काठमाडौं महानगरद्वारा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरघरमा पुगी स्वास्थ्य सेवा

काठमाडौं– काठमाडौं महानगरपालिकाले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमा गएर

अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न एक जना पक्राउ

काठमाडौं– गैरकानुनी रूपमा अन्तरराष्ट्रिय आगमन कल बाइपास (भिओआइपी) सञ्चालन गर्ने

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी– विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र

लविद्युत् परियोजना निर्माणमा देखिएका मुआब्जा समस्या समाधान गर्छौँ : कुलमान घिसिङ 

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले जलविद्युत् परियोजना निर्माणका