शान्तिपूर्ण आन्दोलन गर्न पहिचानवादीलाई ओलीको आग्रह « Khabarhub

शान्तिपूर्ण आन्दोलन गर्न पहिचानवादीलाई ओलीको आग्रह


१४ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिचानवादीलाई शान्तिपूर्ण राजनीति गर्न आग्रह गरेका छन् । एमाले जिल्ला कमिटी इलामले बिहीबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कोशी प्रदेश नामकरणको विरोधमा प्रदर्शन गर्नेहरुलाई शान्तिपूर्ण आन्दोलन गर्न आग्रह गरेका हुन् ।

उनले आफूहरूले गरिरहेको संस्कृति र शान्तिपूर्ण व्यवहारका विरुद्ध केही मानिसले हमला गर्ने र ढुंगा हान्ने गरेको बताएका छन् । ओली पहिचानको नाम गरेर हमला गर्ने, ढुंगा हान्ने काम राजनीति नभएर भँडुवा नीति भएको बताए ।

कार्यक्रममा एमालेका उपाध्यक्ष सुवास नेम्बाङले पहिचान र समावेशीताका लागि एमालेले नै अग्रसर भएर लडाइँ लडेको स्मरण गरे । अध्यक्ष ओलीलगायतका नेतालाई पहिचानवादीले मेची राजमार्गमा अवरोध गरेका थिए ।

 

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार  ८ : २९ बजे

नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’ मा शिल्पा पोखरेलको अभिनय

काठमाडौँ – नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’

कांग्रेसमा थारूतर्फका तीन पदको मतगणना सुरु

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थारू क्लस्टरका सहमहामन्त्री, खुला केन्द्रीय सदस्य

कांग्रेसमा ३५ वर्षमुनिका केन्द्रीय सदस्य को-को बने ?

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सात प्रदेशबाट ३५ वर्षमुनिका युवा खुला

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

दाङ – ठगी मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले