शान्ति सुरक्षा सम्बन्धमा एमालेको गृहमन्त्रीलाई ध्यानाकर्षण « Khabarhub

शान्ति सुरक्षा सम्बन्धमा एमालेको गृहमन्त्रीलाई ध्यानाकर्षण


१४ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले)ले मुलुकको पछिल्लो शान्तिसुरक्षाबारे उप्रधानमन्त्री एवं गृहमन्त्री नारायाणकाजी श्रेष्ठको ध्यानाकर्षण गराएको छ ।

एमालेका स्थायी कमिटी सदस्य राजन भट्टराईको नेतृत्वमा गएको टोलीले गृहमन्त्री श्रेष्ठलाई भेटी आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीमाथि गरिएको दुर्व्यवहारको प्रयास र काठमाडौँ वडा न। ६ सरस्वतीनगरमा एक जना महिलाको हत्या भएको सम्बन्धमा ध्यानाकर्षण गराएको हो ।

नेता भट्टराईले गृहमन्त्री श्रेष्ठलाई भेटी अध्यक्ष ओलीमाथि दुर्व्यवहारको प्रयास गर्नेलाई छिटोभन्दा छिटो कानूनी दायरमा ल्याएर कारवाहीको माग गरे । उनले अध्यक्ष ओली आफ्नो गृहजिल्ला जाँदा गरिएको दुर्व्यवहार सम्बन्धमा गृहमन्त्री श्रेष्ठसँग आपत्ति जनाएको समेत बताए ।

यसैगरी काठमाडौँ महानगरपालिका–६ सरस्वतीनगरमा यही वैशाख ७ गते दिनदहाडै एक जना महिलाको हत्या गरिएको सम्बन्धमा चाँडै सत्यतथ्य ल्याउनसमेत मन्त्री श्रेष्ठसँग माग गरिएको उनले बताए ।

नेता भट्टराईका अनुसार भेटमा गृहमन्त्री श्रेष्ठले एमाले अध्यक्ष ओलीमाथि दुर्व्र्यहार गर्नेलाई खोजी कारवाही गर्ने प्रतिबद्धता जनाएका थिए। गृहमन्त्रीले घटनाका सम्बन्धमा चाँडै नै सत्यतथ्य बाहिर ल्याउने वचन दिएको उनले बताए ।

“गृहमन्त्रीले दुवै विषयलाई गम्भीरतापूर्वक लिनुभएको छ । कानून हातमा लिनेलाई मेरै पार्टीका व्यक्ति भए पनि छुट दिने छैन भनेर हामीलाई वचन दिनुभएको छ”, नेता भट्टराईले भने ।

गृहजिल्ला झापा पुगेका अध्यक्ष ओलीमाथि हिजो बुद्धशान्ति गाउँपालिकाको बुधबारे बजारमा केही उछृङ्खल समूहबाट दुर्व्यवहारको प्रयास भएको थियो ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार  ९ : २१ बजे

राष्ट्रिय चलचित्र पुरस्कारमा ’ऊनको स्वीटर’को वर्चस्व, नीर शाह उत्कृष्ट अभिनेता

काठमाडौं – सरकारले हरेक वर्ष गर्दै आएको ’राष्ट्रिय चलचित्र पुरस्कार’को

रास्वपा महाधिवेशन : राप्रपा अध्यक्ष लिङ्देन सहभागी हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष

गण्डकी प्रदेशसभा : बजेटको प्रभावकारी कार्यान्वयनमा जोड

गण्डकी– गण्डकी प्रदेशसभा सदस्यहरूले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४

रास्वपा महाधिवेशन : रवि-बालेन दुवैले गर्नेछन् सम्बोधन 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन ७ गतेबाट चितवनमा हुँदै

रास्वपा महाधिवेशन : इलेक्ट्रोनिक मेसिनबाट हुनेछ भोटिङ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा इलेक्ट्रोनिक मेसिनबाट भोटिङ हुने