जीतपुरसिमराकी नगर कार्यपालिका सदस्य रामपती देवीको निधन   « Khabarhub

जीतपुरसिमराकी नगर कार्यपालिका सदस्य रामपती देवीको निधन  


१३ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


582
Shares
  • change font
  • change font
  • change font

बारा – जीतपुरसिमरा उपमहानगरपालिकाको नगर कार्यपालिका सदस्य रामपती देवी थरुनीको निधन भएको छ।

पेटमा अचानक समस्या भएपछि उपचारका लागि अस्पताल लैजाने क्रममा करिब ५५ वर्षीया चौधरीको शुक्रवार निधन भएको हो।

जीतपुरसिमरा १४ स्थित रजघट्टाबाट अल्पाइन अस्पताल ल्याउने क्रममा बाटोमा उनको निधन भएको वडाध्यक्ष चयन मगरले जानकारी दिइन्। अस्पताल लगेलगत्तै चिकित्सकले चौधरीलाई मृत घोषणा गरेका थिए।

वडा क्षेत्रभित्र निर्माण हुन लागेको ढलान सडक शिलान्यास कार्यक्रममा सहभागी भएर फर्कने क्रममा उनी अस्वस्थ हुन पुगेकी थिइन्। अचानक पेट पोल्न थालेपछि चौधरीले स्थानीय एक महिलाको घरमा पानी मागेर पिएको र आफूलाई अस्पताल लगिदिन आग्रह गरेको वडाध्यक्ष गुरुङले जानकारी दिइन्।

चौधरीको आग्रहपछि स्थानीयले उनलाई नजिकैको क्लिनिकमा लगेका थिए। उक्त क्लिनिकबाट तत्कालै सिमरास्थित अस्पताल ल्याउने क्रममा चौधरीको निधन भएको वडाध्यक्ष गुरुङले बताइन्।

चिकित्सकले एपेडिक्सका कारण निधन भएको हुनसक्ने आशंका गरेका छन्। चौधरी जीतपुरसिमरा १४ बाट निर्वाचित वडासदस्य हुन्।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा उनी नेकपा एमालेबाट वडासदस्यमा निर्वाचित भएकी थिइन्। वडासदस्य चौधरीलाई एमालेले कार्यपालिका सदस्य बनाएको थियो। चौधरीका श्रीमान्, दुई छोरा र एक छोरी छन्। जीतपुर सिमराका नगर प्रमुख राजन पौडेलसहित जनप्रतिनिधिले चौधरीको निधनप्रति दुःख व्यक्त गरेका छन्।

प्रकाशित मिति : १३ जेठ २०८०, शनिबार  ८ : ३५ बजे

विश्वकप फुटबल : पहिलो हाफमा उरुग्वेविरुद्ध स्पेनलाई १–० गोलको अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह एच को अन्तिम

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको

यी भूभागमा वर्षाको सम्भावना, कोशी प्रदेशमा ठूलो पानी पर्नसक्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इराकविरुद्ध सेनेगल ५–० गोलले विजयी, नकआउट चरणको सम्भावना जीवितै

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा

डेम्बेलेको ह्याट्रिकसँगै फ्रान्स समूह ‘आई’ को विजेता, नर्वे ४–१ गोलले पराजित

काठमाडौँ– फिफा विश्वकप फुटबलमा समूह आई को फ्रान्सले नर्वेमाथि सानदार