जलहरीका बारेमा प्रधानमन्त्री प्रचण्डले बोल्ने सहमति, अब संसद् चल्ने « Khabarhub

जलहरीका बारेमा प्रधानमन्त्री प्रचण्डले बोल्ने सहमति, अब संसद् चल्ने


१३ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पशुपतिनाथ मन्दिरमा चढाइएको जलहरीका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने भएका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रमुख दलका शीर्ष नेतासँग भएको छलफलमा जलहरी प्रकरणबारे प्रधानमन्त्रीले संसदमा बोल्ने सहमति भएको हो। सो सहमतिसँगै अवरुद्ध संसद् खुल्ने भएको छ।

‘भ्रम सिर्जना हुने गरी तथ्यहीन र आधारहीन अभिव्यक्ति दिनु गलत भएकाले संसद्को रेकर्डबाट हटाइने छ र यसलाई गलत भनेरै जानुपर्छ भन्नेमा तीन शीर्ष नेताबीच सहमति भएको छ,’ एमाले प्रमुख सचेतक पदम गिरीले भने, ‘सो सहमतिसँगै आज संसद् खुल्ने भएको छ।’

पशुपतिनाथमा चढाइएको जलहरीमा अनियमितता भएको भन्दै सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद राजन दाहालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नामै लिएर आरोप लगाए पछि एमालेले शुक्रबारको संसद् बैठक अवरुद्ध गरेको थियो।

प्रकाशित मिति : १३ जेठ २०८०, शनिबार  ११ : ०४ बजे

गृहमन्त्री गुरुङ र मृतक मेहताका परिवारबीच वार्ता सुरु

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ र उपचारका क्रममा मृत्यु भएका रविन्द्र

कन्सल्टेन्सीको विरोध गरेपनि कार्यान्वयनमा आयो शैक्षिक परामर्श नियमावली

काठमाडौं– सरकारले नयाँ ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा

ग्यास आपूर्ति सहज बनाउने प्रशासनको पहल

भद्रपुर– जिल्ला प्रशासन कार्यालय झापाले खाना पकाउने एलपिजी ग्यासको आपूर्तिमा

पत्रकारको प्रश्न- तपाईंसँग सेना किन रिसायो ? राजुनाथको जवाफ- रिसाएको जस्तो लागेको छैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले सेनासँग

प्रदीप अधिकारीलाई विशेष अदालतको राहत, तर पाउने छैनन् थुनामुक्त हुन

काठमाडौं- विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ठेकेदार कम्पनीलाई राजस्व