बिरामीको चाप बढेसँगै नेपालगञ्जका अस्पतालमा रगत अभाव « Khabarhub

बिरामीको चाप बढेसँगै नेपालगञ्जका अस्पतालमा रगत अभाव


१३ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

जानकी– बिरामीको चाप बढेसँगै नेपालगञ्जका अस्पतालमा रगतको अभाव भएको छ । नेपाल रेडक्रसको क्षेत्रीय रक्तसञ्चार केन्द्रका अनुसार बिरामीलाई दैनिक अनपेक्षित रुपमा रगत आवश्यकता पर्न थालेपछि अस्पतालमा रगतको अभाव भएको हो ।

क्षेत्रीय रक्तसञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले नेपालगञ्जमा पछिल्लो समयमा रगतको अभाव भएको बताए । ‘पछिल्लो समयमा नेपालगञ्जका अस्पतालमा बिरामीको चाप बढेको देखिन्छ, जसले गर्दा अस्पतालका बिरामीलाई दैनिक रुपमा चाहिने रगत उपलब्ध गराउन हामीलाई निकै कठिनाइ भइरहेको छ ।’

रेग्मीले भने , ‘केन्द्रमा रतगको मात्रा अभाव हुन नदिनलाई सामाजिक सङ्घसंस्था वा संगठनले गर्ने रक्तदान कार्यक्रमको भर पर्नु परेको छ ।’ नेपालगञ्जमा अचेल रक्तदानसम्बन्धी कार्यक्रम कम मात्रामा हुने गरेकाले पनि रगत अभाव हुन थालेको क्षेत्रीय रक्तसञ्चार केन्द्रका प्रमुख रेग्मीको भनाइ छ । 

रक्तसञ्चार केन्द्रमा रगत अभाव हुन नदिन र रगत आवश्यक भएका बिरामीलाई उपलब्ध गराएर जीवनदान गर्न उनले सामाजिक सङ्घसंस्था वा संगठनलाई रक्तदान कार्यक्रम गर्न आग्रहसमेत गरे। 

प्रकाशित मिति : १३ जेठ २०८०, शनिबार  १२ : २९ बजे

नेपाल र ग्रेनाडाबीच कूटनीतिक सम्बन्ध स्थापना

असोज – नेपाल र ग्रेनाडाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना

उद्योग कार्यालयका सेवा अब ‘अनलाइन’मा

चितवन– बागमती प्रदेश मातहतको उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय भरतपुरले

विल ज्याक्सको अलराउन्ड प्रदर्शनमा इङ्ल्यान्डको सहज जित: श्रीलङ्का ८९ रनले पराजित

काठमाडौँ – अलराउन्डर विल ज्याक्सको सानदार प्रदर्शनको मद्दतले इङ्ल्यान्डले पहिलो

न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस.

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता: भोटेकोशी बाढी र पुनर्निर्माणमा छलफल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राज्य अमेरिकाकी राजनीतिक