झापामा आफन्तबाटै अधिकांशको हत्या हुने गरेको प्रहरीको तथ्यांक   « Khabarhub

झापामा आफन्तबाटै अधिकांशको हत्या हुने गरेको प्रहरीको तथ्यांक  


१३ जेष्ठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

झापा– यहाँ घरेलु हतियारको प्रयोग गरी विगत १० महिनामा १२ जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ । 

आर्थिक वर्ष २०७९ साउनदेखि २०८० वैशाखसम्ममा अधिकांशको आफन्तबाट हत्या भएको सो तथ्यांकले देखाएको हो । हत्या गरिएका १२ मध्ये सबैभन्दा बढी अर्थात् पाँचजना आफ्नै श्रीमानबाट मारिएका छन् । सामान्य घरायसी विवादमा श्रीमानले श्रीमतीको हत्या गरेको अनुसन्धानका क्रममा देखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले बताए । 

उनले हत्याका क्रममा अभियुक्तले चिर्पट, खुकुरी, हसिया, बामफोक लगायतका घरेलु हतियार प्रयोग गरेको पाइएको बताए । उनले  भने, ‘आफ्नैबाट बढीको हत्या भएको देखिन्छ, हत्यामा संलग्न सबैलाई तत्काल पक्राउ गरिएको छ, उनीहरु कानुन अनुसारको सजाय भोगिरहेका छन् ।’

उनले जिल्लाका विभिन्न पालिकामा शिशुदेखि वृद्धवृद्धासम्मको हत्या, श्रीमान्, छोरा, आफन्त, छिमेकी र बुहारी लगायतबाट भएको बताए । उनले घरेलु हिंसा, आर्थिक समस्या, मानसिक समस्या, शंका, विवाहोत्तर सम्बन्ध, वैदेशिक रोजगारी, जाँड-रक्सी र लागूऔषधका कारण हत्याका घटना परिवारमा धेरै हुने गरेको अनुसन्धानका क्रममा देखिएको बताए । 

प्रकाशित मिति : १३ जेष्ठ २०८०, शनिबार  १ : ४२ बजे

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य