दुई हजार छ सय गाईभैँसीमा लम्पिस्किनको समस्या  « Khabarhub

दुई हजार छ सय गाईभैँसीमा लम्पिस्किनको समस्या 


१३ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


624
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्लामा पालिएका दुई हजार छ सय ७४ गाईभैँसीमा लम्पिस्किनको समस्या देखिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र भरतपुरका अनुसार जिल्लाका सात पालिकामा गाईभैँसीमा लम्पिस्किनको समस्या देखिएको हो ।

कार्यालयका पशु विकास अधिकृत डा रामचन्द्र आचार्यका अनुसार जिल्लामा सबैभन्दा बढी प्रभावित राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकाका किसान छन् । राप्ती नगरपालिकामा एक हजार तीन सय ७५ र इच्छाकामना गाउँपालिकामा सात सय ८५ गाईभैँसी यस रोगबाट प्रभावित भएका उनले जानकारी दिए । 

यस्तै, माडी नगरपालिकामा एक सय ८३, खैरहनी नगरपालिकामा एक सय १०, कालिका नगरपालिकामा एक सय, रत्ननगर नगरपालिकामा ४५ र भरतपुर महानगरपालिकामा ७६ गाईभैँसी प्रभावित भएका छन् । यो रोग ‘क्याप्री पोक्स’ नामक जीवाणुका कारण हुने डा आचार्यले बताए । गर्मीयाममा लामखुट्टे, झिँगालगायतका कारण यो रोगको प्रकोप देखिने गरेको उनको भनाइ थियो ।

डा आचार्यका अनुसार विगत केही दिनदेखि गाईभैँसीमा लम्पिस्किनको सङ्क्रमण फैलिएको छ । ‘गाईभैँसीमा यो रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, थुतुनो, ओँठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, र्‍याल काढ्ने, लिम्फनोडहरू सुक्नेजस्ता लक्षण देखापर्छ’, उनले भने । 

यो रोग विशेषगरी सङ्क्रमित लामखुट्टे, झिँगा लगायतको टोकाइबाट लाग्ने गर्दछ । सङ्क्रमित गाईवस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दाना एवम् पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट यो रोग सर्ने गरेको भेटेरिनरी अस्पतालले जनाएको छ । 

लम्पिस्किन रोग लाग्न नदिनका लागि खोप लगाउने, विश्वसनीय स्रोतबाट गाईभैँसी खरिद गर्ने, गोठलाई झिँगा, लामखुट्टे तथा अन्य किरोबाट मुक्त राख्ने, सरसफाइमा ध्यान दिने र आवश्यकतानुसार कीट विकर्षकको प्रयोग गर्नुपर्ने आचार्यले बताए । रोग लाग्नबाट बचाउनका लागि लम्पिस्किन विरुद्धको खोप लगाउनु पर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : १३ जेठ २०८०, शनिबार  २ : ४० बजे

साँगुरीगढीबाटै थायी लेखा नम्बर वितरण : सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

धनकुटा- धनकुटाको साँगुरीगढी गाउँपालिकाले व्यक्तिगत तथा नयाँ व्यवसाय दर्ताका लागि

नेपाल र ग्रेनाडाबीच कूटनीतिक सम्बन्ध स्थापना

असोज – नेपाल र ग्रेनाडाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना

उद्योग कार्यालयका सेवा अब ‘अनलाइन’मा

चितवन– बागमती प्रदेश मातहतको उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय भरतपुरले

विल ज्याक्सको अलराउन्ड प्रदर्शनमा इङ्ल्यान्डको सहज जित: श्रीलङ्का ८९ रनले पराजित

काठमाडौँ – अलराउन्डर विल ज्याक्सको सानदार प्रदर्शनको मद्दतले इङ्ल्यान्डले पहिलो

न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस.