दुई हजार छ सय गाईभैँसीमा लम्पिस्किनको समस्या  « Khabarhub

दुई हजार छ सय गाईभैँसीमा लम्पिस्किनको समस्या 


१३ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


624
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्लामा पालिएका दुई हजार छ सय ७४ गाईभैँसीमा लम्पिस्किनको समस्या देखिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र भरतपुरका अनुसार जिल्लाका सात पालिकामा गाईभैँसीमा लम्पिस्किनको समस्या देखिएको हो ।

कार्यालयका पशु विकास अधिकृत डा रामचन्द्र आचार्यका अनुसार जिल्लामा सबैभन्दा बढी प्रभावित राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकाका किसान छन् । राप्ती नगरपालिकामा एक हजार तीन सय ७५ र इच्छाकामना गाउँपालिकामा सात सय ८५ गाईभैँसी यस रोगबाट प्रभावित भएका उनले जानकारी दिए । 

यस्तै, माडी नगरपालिकामा एक सय ८३, खैरहनी नगरपालिकामा एक सय १०, कालिका नगरपालिकामा एक सय, रत्ननगर नगरपालिकामा ४५ र भरतपुर महानगरपालिकामा ७६ गाईभैँसी प्रभावित भएका छन् । यो रोग ‘क्याप्री पोक्स’ नामक जीवाणुका कारण हुने डा आचार्यले बताए । गर्मीयाममा लामखुट्टे, झिँगालगायतका कारण यो रोगको प्रकोप देखिने गरेको उनको भनाइ थियो ।

डा आचार्यका अनुसार विगत केही दिनदेखि गाईभैँसीमा लम्पिस्किनको सङ्क्रमण फैलिएको छ । ‘गाईभैँसीमा यो रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, थुतुनो, ओँठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, र्‍याल काढ्ने, लिम्फनोडहरू सुक्नेजस्ता लक्षण देखापर्छ’, उनले भने । 

यो रोग विशेषगरी सङ्क्रमित लामखुट्टे, झिँगा लगायतको टोकाइबाट लाग्ने गर्दछ । सङ्क्रमित गाईवस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दाना एवम् पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट यो रोग सर्ने गरेको भेटेरिनरी अस्पतालले जनाएको छ । 

लम्पिस्किन रोग लाग्न नदिनका लागि खोप लगाउने, विश्वसनीय स्रोतबाट गाईभैँसी खरिद गर्ने, गोठलाई झिँगा, लामखुट्टे तथा अन्य किरोबाट मुक्त राख्ने, सरसफाइमा ध्यान दिने र आवश्यकतानुसार कीट विकर्षकको प्रयोग गर्नुपर्ने आचार्यले बताए । रोग लाग्नबाट बचाउनका लागि लम्पिस्किन विरुद्धको खोप लगाउनु पर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : १३ जेठ २०८०, शनिबार  २ : ४० बजे

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको