नक्कली शरणार्थी प्रकरणको अनुसन्धानमा सरकार पछि हट्न हुँदैन : नेता खनाल « Khabarhub

नक्कली शरणार्थी प्रकरणको अनुसन्धानमा सरकार पछि हट्न हुँदैन : नेता खनाल


१३ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा सरकार पछि हट्न नहुने बताएका छन् ।

शनिबार संवाद डवलीले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा शरणार्थी प्रकरण नेपालको लज्जास्पद घटना भएको भन्दै यसलाई पूर्ण रुपमा टुङ्गोमा पुराउनुपर्ने बताए ।

यसको अनुसन्धानलाई कमजोर पार्ने चर्चा चलेको भन्दै उनले अनुसन्धानलाई निष्कर्षमा पुराउन नसके जनताले नै आन्दोलन गर्ने अवस्था सिर्जना हुने धारणा राखे ।

खनालले उक्त प्रकरणमा संलग्न कुनै पनि अपराधी छुट्न नहुने र कोही निर्दोष फस्न नहुने बताए । त्यस्तै उनले अहिले राजतन्त्र फर्काउने भन्दै केही शक्ति सल्बलाउन थालेको भन्दै राजतन्त्र फर्काउने दिवासपना नदेख्न चेतावनी दिए ।

त्यस्तै खनालले बिभिन्न आन्दोलनमार्फत मुलुकमा भएका परिवर्तनलाई कसैले उल्टाउन नसक्ने जिकिर गरे ।

प्रकाशित मिति : १३ जेठ २०८०, शनिबार  ३ : ४० बजे

दैलेखका तीन हजार बढी सुकुमवासी लालपुर्जाको पर्खाइमा

दैलेख– कर्णाली प्रदेशको पहाडी भूगोलमा अवस्थित दैलेख जिल्लामा परापूर्वकालदेखि खोला

काभ्रेमा मतदाता नामावलीबाट २ हजार ६०२ जनाको नाम हटाइयो

बनेपा – काभ्रेमा मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका २

मध्यावधि चुनावअघि अमेरिकाले इरानमाथि आक्रमण नगर्ने

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल