नक्कली शरणार्थी प्रकरणको अनुसन्धानमा सरकार पछि हट्न हुँदैन : नेता खनाल « Khabarhub

नक्कली शरणार्थी प्रकरणको अनुसन्धानमा सरकार पछि हट्न हुँदैन : नेता खनाल


१३ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा सरकार पछि हट्न नहुने बताएका छन् ।

शनिबार संवाद डवलीले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा शरणार्थी प्रकरण नेपालको लज्जास्पद घटना भएको भन्दै यसलाई पूर्ण रुपमा टुङ्गोमा पुराउनुपर्ने बताए ।

यसको अनुसन्धानलाई कमजोर पार्ने चर्चा चलेको भन्दै उनले अनुसन्धानलाई निष्कर्षमा पुराउन नसके जनताले नै आन्दोलन गर्ने अवस्था सिर्जना हुने धारणा राखे ।

खनालले उक्त प्रकरणमा संलग्न कुनै पनि अपराधी छुट्न नहुने र कोही निर्दोष फस्न नहुने बताए । त्यस्तै उनले अहिले राजतन्त्र फर्काउने भन्दै केही शक्ति सल्बलाउन थालेको भन्दै राजतन्त्र फर्काउने दिवासपना नदेख्न चेतावनी दिए ।

त्यस्तै खनालले बिभिन्न आन्दोलनमार्फत मुलुकमा भएका परिवर्तनलाई कसैले उल्टाउन नसक्ने जिकिर गरे ।

प्रकाशित मिति : १३ जेठ २०८०, शनिबार  ३ : ४० बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु