विस्फोटक उपकरणबाट एक बालकको मृत्यु, अर्का घाइते | Khabarhub Khabarhub

विस्फोटक उपकरणबाट एक बालकको मृत्यु, अर्का घाइते


१३ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काबुल- अफगानिस्तानको पूर्वी वर्दक प्रान्तमा विगतका युद्धबाट बाँकी रहेका विस्फोटक पदार्थ विस्फोट हुँदा एक बालकको ज्यान गएको छ । घटनामा अर्का एक जना घाइते भएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘सैद अबाद जिल्लाको शनिजदरा गाउँमा शुक्रबार बालबालिकाले खेलौना जस्तो यन्त्र फेला पारेको र त्यो खेलाउँदा विस्फोट भएको थियो । त्यसक्रममा एक बालकको घटनास्थलमै मृत्यु भएको छ भने अर्का गम्भीर घाइते भएका छन् ।’ यसरी द्वन्द्वग्रस्त मुलुकमा निर्दोष बालबालिकाको ज्यान गएको यो दोस्रो घटना हो ।

अघिल्लो यस्तै प्रकारको घटनामा मे २३ मा अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा भएको थियो । सो घटनामा विगतका युद्धबाट बाँकी रहेको खानी बिस्फोट हुँदा एक बालकको मृत्यु भएको थियो र दुई जना घाइते भएका थिए ।

अफगानिस्तान विश्वव्यापीरूपमा सबैभन्दा धेरै धराप थापिएका देशमध्ये एक मानिएको छ । विगत चार दशकका विभिन्न किसिमका युद्ध र गृहयुद्धबाट बाँकी रहेका विस्फोटन नगरिएका हतियारको विस्फोटका कारण हरेक महिना जसो दर्जनौँ मानिस, प्रायः बालबालिका मारिने र अपाङ्ग हुने गरेका छन् ।

प्रकाशित मिति : १३ जेठ २०८०, शनिबार  ५ : ३३ बजे

चट्याङ लागेर ११ जनाको मृत्यु

काठमाडौं– भारतको पश्चिम बंगालमा चट्याङ लागेर ११ जनाको ज्यान गएको

५ लाख धरौटीमा रिहा भए रवि ओड

काठमाडौं– वैवाहिक बलात्कारको मुद्दापछि प्रहरी नियन्त्रण रहेका नेपाल आइडल सिजन

सनराइजर्स हैदरावाद आइपिएलको प्लेअफमा

काठमाडौं– सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा पुगेको

कांग्रेसलाई जवाफ दिन ‘विश्वासको कार्ड’ ?

काठमाडौं- विहीबार संसदमा हंगामा भइरहँदा सत्तापक्षका नेता नेपी शर्मा ओलीले

फ्रान्सको कब्जामा रहेको न्यू क्यालेडोनिया टापूमा हिंसात्मक प्रदर्शन

काठमाडौं– फ्रान्सबाट १६ हजार किलोमिटर टाढा दक्षिण प्रशान्त महासागरमा रहेको