सूचनाको हक भ्रष्टाचार नियन्त्रणको उपयुक्त माध्यम « Khabarhub

सूचनाको हक भ्रष्टाचार नियन्त्रणको उपयुक्त माध्यम


१३ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हक भ्रष्टाचार नियन्त्रणको उपयुक्त माध्यम भएको बताएका छन्।

सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले सूचना आयोगको सहयोगमा आजदेखि राजधानीमा सुरु गरको दुईदिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा उनले शासन पद्धतिलाई जिम्मेवार बनाउन सूचनाको हकसम्बन्धी कानुनको महत्वपूर्ण भूमिका रहने बताए ।

विभिन्न संस्थाको पहलमा आएको सूचनाको हकसम्बन्धी कानुनले नागरिकको सुसूचित हुने अधिकार सुरक्षित गरी भ्रष्टाचार नियन्त्रणमा सहयोग गरेको प्रमुख आयुक्त गुरुङको भनाइ थियो । नागरिकलाई सबै निकायमा सूचना माग्ने अधिकार रहेकाले त्यसको उपयोग सबैले गर्नुपर्नेमा उनले जोड दिए ।

महासङ्घका अध्यक्ष उमिद बागचन्दले प्रशिक्षक प्रशिक्षणमा सातै प्रदेशका २५ जना प्रशिक्षार्थीको सहभागिता रहेको जानकारी दिए । प्रशिक्षार्थीले तालिमपछि देशभर सूचनाको हकसम्बन्धी चेतना जगाउँदै अभियानका रूपमा जागरणमूलक प्रशिक्षण दिने उनको भनाइ थियो । 

तालिम आइतबारसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : १३ जेठ २०८०, शनिबार  ५ : ५४ बजे

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको