ख्वपमा दुई दिने राष्ट्रिय सम्मेलन सुरु | Khabarhub Khabarhub

ख्वपमा दुई दिने राष्ट्रिय सम्मेलन सुरु


१३ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– विश्वविद्यालय अनुदान आयोगको सहकार्य र ख्वप कलेजको आयोजनामा थर्ड नेशनल कफरेन्समल्टिडिसिपनेलरी एपरोच टु एडरेस करेन्ट च्यालेन्जेज विषयक दुई दिने राष्ट्रिय सम्मेलन आजबाट सुरु भएको छ । सम्मेलनको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले पानसमा दीप प्रज्ज्वलन गरी समारोह उद्घाटन गरे ।

कार्यक्रममा प्रमुख अतिथि बिजुक्छेंले भक्तपुर नगरपालिकाबाट सञ्चालित कलेजहरूले समाजलाई बुद्धिजीवीकरण गर्न र भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए । उनले भक्तपुरका जनप्रतिनिधिहरुले असल नियतले इमानदारीपूर्वक जनताको सेवा गर्नुलाई नै ख्वप मोडलको रुपमा देशव्यापी रुपमा प्रचार भइरहेको बताउँदै असल राजनीति  र नेतृत्वले व्यापक जनताको हित हुने हुँदा युवा विद्यार्थीलाई राजनीति गर्न उत्साहित गर्नुपर्ने बताए ।

विकेन्द्रीकरण र स्वायत्तताको सिद्धान्तका आधारमा देश अगाडि बढ्न नसकेकै कारण नेपालमा संघीयता असफल हुँदै गएको बताउँदै अध्यक्ष बिजुकछेंले शासकहरुमा विवेक र नैतिकताको कमी भएकै कारण देश भ्रष्टाचारको अखडा बन्दै गइरहेको उल्लेख गरे । देशलाई बन्धक राख्ने विदेशी दलालहरूले देशको हितमा काम गर्न नसक्ने बताउँदै उनले प्रदेश सरकारले आफ्नो औचित्यता प्रष्ट गर्न नसक्नु लज्जास्पद विषय भएको बताए ।

कार्यक्रमका सभापति भक्तपुर नगरपालिकाका प्रमुख एवं कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले विश्वविद्यालयहरू अनुसन्धानको केन्द्र बन्नुपर्ने धारणा राख्दै देश र समाजको लागि समर्पित जनशक्ति उत्पादन गर्ने उद्देश्यले भक्तपुर नपाले ८ वटा कलेजहरू सञ्चालन गर्दै आइरहेको बताए । देशमा भइरहेको बेथिति र विकृतिहरुबाट सचेत हुँदै सभ्य र सुसंस्कृत समाज निर्माण गर्ने भक्तपुर नपाको मुख्य उद्देश्य रहेको बताउँदै नाफा र फाइदाको निम्ति नेपाली नागरिकलाई विदेशी बनाउन तयार हुने शासकहरुबाट नेपाली जनता सचेत हुन जरुरी रहेको बताए ।

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं बागमती प्रदेशका सदस्य सुरेन्द्रराज गोसाइँले सम्मेलन पूर्ण सफलताको शुभकामना दिँदै आगामी वर्षमा पनि बौद्धिक गतिविधि र प्राज्ञिक अभ्यासले निरन्तरता पाउने विश्वास व्यक्त गरे । कोभिड १९ संक्रमणका कारण विश्व पर्यटनमा नकारात्मक असर पारेको बताउँदै उनले शासकहरू देशको रक्षक हुनुपर्नेमा त्यसको विपरीत काम गरिरहेको बताए । 

प्रकाशित मिति : १३ जेठ २०८०, शनिबार  ६ : ०९ बजे

मधेसमा दशैं – प्रदेशभरका शक्तिपीठमा पूजाअर्चना र मेला

धनुषाधाम– मधेस प्रदेशका आठ वटै जिल्लामा बडादशैंको रौनक छाएको छ

आशिफ शेख र सन्दीप जोराले अर्धशतक हानेपछि वेस्ट इन्डिजलाई नेपालले दियो १७४ रनको लक्ष्य

काठमाडौं- वेस्ट इन्डिजविरुद्धको युनिटी कप टी २० आई सिरिजअन्तर्गत दोस्रो

श्रीलङ्काको पश्चिमी प्रान्तमा सबैभन्दा बढी लागूऔषध दुर्व्यसनी स्कूलका विद्यार्थी

श्रीलङ्काको पश्चिमी प्रान्तमा सबैभन्दा बढी लागूऔषध दुर्व्यसनी स्कूलका विद्यार्थीहरूको सङ्ख्या

एकै दिनमा एक लाखभन्दा धेरैले छाडे काठमाडौं उपत्यका

काठमाडौं- पछिल्लो २४ घण्टामा एक लाख ११ हजारभन्दा बढी यात्रु

सिरहामा लुकाएर राखेको ४० बोरा अनुदानको मल बरामद

सिरहा- जिल्ला प्रशासन कार्यालय सिरहाले अनुदानको ४० बोरा डिएपी मल