घरेलु प्याडलाई प्राथमिकता दिनुपर्नेमा जोड « Khabarhub

घरेलु प्याडलाई प्राथमिकता दिनुपर्नेमा जोड


१३ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महिलाहरूको महिनावारीलाई सुरक्षित बनाउन राष्ट्रिय योजनाभित्र राख्नुपर्नेमा जोड दिइएको छ । सुरक्षित महिनावारी हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ एक्सपोज नेपालले आयोजना गरेको अन्तराष्ट्रिय महिनावारी दिवसको कार्यक्रममा यस्तो बताइएको हो ।

उपत्यकाव्यापी साइकल र्‍यालीको उद्घाटन गर्दै उपसभामुख इन्दिरा रानामगरले यस्तो बताएकी हुन् । राणाले सुरक्षित महिनावारीलाई राष्ट्रिय योजनाभित्र राखेर नेपालमा उत्पादन भएका घरेलु प्याडलाई विशेष प्राथमिकताका साथ प्रयोगमा जोड दिने बताइन् । उनले नारी मात्र नभएर पुरूष पनि महिलाहरूको महिनावारीमा उतिकै जिम्मेवारी बन्नुपर्ने बताइन् । उनले जनचेतनामा महिला मात्र होइन, पुरूष पनि जोडिने हुनाले पुरूषको पनि साथ सहयोग आवश्यक रहेको बताइन् । उनले विश्वका महँगा कपडा जेलरहरूले उत्पादन गरिने भन्दै घरेलु प्याड पनि जेलरहरूलाई प्रशिक्षण दिएर उत्पादनमा लगाउनुपर्ने बताइन् । 

एक्सपोज नेपालले हरेक वर्ष २८ मेका दिन राष्ट्रिय महिनावारी दिवस मनाउँदै आइरहेको छ । एक्सपोज नेपालले सन २०१५ देखि निरन्तर महिला हिंसा, यौन हिंसा, यौनिकता र महिनावारीलगायतका काममा  सक्रिय रहँदै आएको छ । 

उपत्यकाको काठमाडौं, भक्तपुर र ललितपुरबाट आयोजना गरिएको साइकल र्यालीमा भक्तपुर साइकल कनेक्ट, काठमाडौं कोरालगाएतका टिम गरी कुल तीन सय ५७ साइकलयात्री सहभागी भएका छन् । 

कार्यक्रममा एक्सपोज नेपालका अध्यक्ष ज्ञान महर्जनले नेपालमा उत्पादित घरेलु प्याडलाई सरकारले प्राथमिकता दिनुपर्ने र ९० प्रतिशत केमिकलयुक्त प्याडलाई सरकारले प्राथमिकताको सूचीबाट हटाउनुपर्ने बताए । उनले सन २००७ देखि सुरु भएको एक्सपोज नेपालले २०१५ देखि  सक्रिय रहेर हालसम्म आउँदा ७ हजार २ सय जनालाई घरेलु प्याड उत्पादन प्रशिक्षण सञ्चालन गरेको जानकारी दिए ।

प्रकाशित मिति : १३ जेठ २०८०, शनिबार  ६ : २८ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना