घरेलु प्याडलाई प्राथमिकता दिनुपर्नेमा जोड « Khabarhub

घरेलु प्याडलाई प्राथमिकता दिनुपर्नेमा जोड


१३ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महिलाहरूको महिनावारीलाई सुरक्षित बनाउन राष्ट्रिय योजनाभित्र राख्नुपर्नेमा जोड दिइएको छ । सुरक्षित महिनावारी हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ एक्सपोज नेपालले आयोजना गरेको अन्तराष्ट्रिय महिनावारी दिवसको कार्यक्रममा यस्तो बताइएको हो ।

उपत्यकाव्यापी साइकल र्‍यालीको उद्घाटन गर्दै उपसभामुख इन्दिरा रानामगरले यस्तो बताएकी हुन् । राणाले सुरक्षित महिनावारीलाई राष्ट्रिय योजनाभित्र राखेर नेपालमा उत्पादन भएका घरेलु प्याडलाई विशेष प्राथमिकताका साथ प्रयोगमा जोड दिने बताइन् । उनले नारी मात्र नभएर पुरूष पनि महिलाहरूको महिनावारीमा उतिकै जिम्मेवारी बन्नुपर्ने बताइन् । उनले जनचेतनामा महिला मात्र होइन, पुरूष पनि जोडिने हुनाले पुरूषको पनि साथ सहयोग आवश्यक रहेको बताइन् । उनले विश्वका महँगा कपडा जेलरहरूले उत्पादन गरिने भन्दै घरेलु प्याड पनि जेलरहरूलाई प्रशिक्षण दिएर उत्पादनमा लगाउनुपर्ने बताइन् । 

एक्सपोज नेपालले हरेक वर्ष २८ मेका दिन राष्ट्रिय महिनावारी दिवस मनाउँदै आइरहेको छ । एक्सपोज नेपालले सन २०१५ देखि निरन्तर महिला हिंसा, यौन हिंसा, यौनिकता र महिनावारीलगायतका काममा  सक्रिय रहँदै आएको छ । 

उपत्यकाको काठमाडौं, भक्तपुर र ललितपुरबाट आयोजना गरिएको साइकल र्यालीमा भक्तपुर साइकल कनेक्ट, काठमाडौं कोरालगाएतका टिम गरी कुल तीन सय ५७ साइकलयात्री सहभागी भएका छन् । 

कार्यक्रममा एक्सपोज नेपालका अध्यक्ष ज्ञान महर्जनले नेपालमा उत्पादित घरेलु प्याडलाई सरकारले प्राथमिकता दिनुपर्ने र ९० प्रतिशत केमिकलयुक्त प्याडलाई सरकारले प्राथमिकताको सूचीबाट हटाउनुपर्ने बताए । उनले सन २००७ देखि सुरु भएको एक्सपोज नेपालले २०१५ देखि  सक्रिय रहेर हालसम्म आउँदा ७ हजार २ सय जनालाई घरेलु प्याड उत्पादन प्रशिक्षण सञ्चालन गरेको जानकारी दिए ।

प्रकाशित मिति : १३ जेठ २०८०, शनिबार  ६ : २८ बजे

ट्राफिक कारबाहीबाट एकैदिन २१ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन १०२ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा

‘भ्यूजका लागि सर्प उद्धार गर्दा ज्यानै जान्छ’

काठमाडौँ- नेपालमा पाइन सर्पका अधिकांश प्रजाति मानिसबाट टाढा बस्न रुचाउँछन्

पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागी राष्ट्र केप भर्डे

उरुग्वेलाई १–० गोलले हराउँदै स्पेन समूह विजेताको रुपमा फिफा विश्वकपको नकआउट चरणमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा स्पेन समूह ‘एच’ को