मलाई अझ परिश्रम गर्ने ऊर्जा प्राप्त भएको छ : मोदी « Khabarhub

मलाई अझ परिश्रम गर्ने ऊर्जा प्राप्त भएको छ : मोदी


१३ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय नागरिकबाट प्रास्त स्नेह र सद्भावले राष्ट्रका निम्ति अझ परिश्रम गर्ने ऊर्जा प्राप्त भएको बताएका छन् । भारतको प्रधानमन्त्रीका रूपमा आफ्नो नौ वर्ष पूरा भएको अवसरमा उनले जनताबाट प्राप्त प्रतिक्रियाप्रति कृतज्ञता व्यक्त गर्दै यस्तो बताएका हुन् ।

बिहानैदेखि सरकारको बारेमा गरिएको प्रशंसा आफ्ना लागि स्नेह भएको र त्यसले आफूलाई ऊर्जा दिएको उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रधानमन्त्री मोदीको नेतृत्वमा भारतीय जनता पार्टीको सरकारले यही जेठ १६ गते दुई कार्यकालको नौ वर्ष पूरा गर्दैछ । यस अवसरमा भारतीय जनता पार्टीले सोही दिनदेखि एक महिनासम्म देशभर ५० स्थानमा विशेष सभा एवम् ¥याली गर्नेछ । केही कार्यक्रमलाई प्रधानमन्त्री मोदीले सम्बोधन गर्ने कार्यक्रम छ ।

भारतीय जनता पार्टीका अनुसार ती सभा तथा र्यालीलाई आगामीे लोकसभा चुनावको तयारीमा केन्द्रित हुनेछन् । लोकसभा निर्वाचन करिब एक वर्षपछि हुँदैछ । सबैभन्दा ठूलो ¥याली राजस्थानको अजमेरमा हुनेछ जसलाई प्रधानमन्त्री मोदीले सम्बोधन गर्नेछन् ।

विशेष सभा र ¥यालीमा भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डा, केन्द्रीय गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह र अन्य शीर्ष नेता सहभागी हुनेछन् । नरेन्द्र मोदीले सन् २०१४ को मे २६ मा पहिलो पटक प्रधानमन्त्रीको सपथ लिएका उनले सन् २०१९ को मे ३० मा दोस्रो कार्यकालको शपथ लिएर भारतको सरकार प्रमुखका रूपमा शासन सञ्चालन गगरेका थिए ।

प्रकाशित मिति : १३ जेठ २०८०, शनिबार  ७ : ३० बजे

भारतीय चर्चित गायक शान नेपालमा, गाएका थिए द्विभाषिक ‘मुसुमुसु हाँसिदेऊ’

काठमाडौं– नेपाली र हिन्दी शब्द समेटिएको द्विभाषिक गीत गाएका चर्चित भारतीय

रास्वपा बैठक छलेका बालेन मनोनीत हुनेहरूको नामसमेत रविलाई नदिई हिँडेका थिए मुस्ताङतिर

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पहिलो महाधिवेशनको दुई

रास्वपाले जेन-जी सांसद पुरुषोत्तमलाई बनायो सहमहामन्त्री

काठमाडौं– जेन-जी अभियान्ता पुरुषोत्तम यादव राष्ट्रिय स्वतन्त्र पार्टीको सह महामन्त्री

काठमाडौंको फोहर व्यवस्थापनसम्बन्धी छलफलमा अचानक ‘फायर’ भइन् आशिका

काठमाडौं- काठमाडौं उपत्यकाको फोहरमैला व्यवस्थापनसम्बन्धी छलफलमा चर्काचर्की भएको छ ।

जल, खाद्य, ऊर्जा तथा विपद् उत्थानका लागि अघि बढौँ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ‘सुपर एल निनो’को