दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


१३ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : 7 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

 दिनभर आजमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण कार्यतालिका सार्वजनिक,पशुपतिनाथको जलहरीमा भ्रष्टाचार भएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन, भारतको बंग्लोर उडेको जहाज पुनः नेपाल फिर्ता, ‘भ्रष्टाचारविरुद्धको लडाइँ सुरु गरियो कतिबेला मारिने हो थाहा छैन’,  मुलुकमा सुशासनको यात्रा आरम्भ, प्रजातन्त्रको सुदृढीकरणमा सबै लाग्नुपर्ने,  नक्कली शरणार्थी प्रकरणको अनुसन्धान जरासम्म पुग्नुपर्ने, २००७ सालदेखिकै भ्रष्टाचारका फाइल खोली अनुसन्धान सुरु गर्न माग, काठमाडौँमा भूमिगत लाइनबाट विद्युत् वितरण गर्ने प्राधिकरणको तयारीलगायतले प्रमुख स्थान पाए  ।

यी हुन् आज दिनभरका मुख्य समाचारहरू:

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण कार्यतालिका सार्वजनिक
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ १७ देखि २० गतेसम्म ९मे ३१ देखि जुन ३ तारिख०छिमेकी मित्र राष्ट्र भारतको औपचारिक भ्रमण गर्ने भएका छन् ।

प्रधानमन्त्री दाहाल भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा सो भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनीसँग भ्रमणमा नेपाल सरकारका मन्त्री, सचिव र वरिष्ठ अधिकारी सहभागी हुनेछन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले भारतका राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । यसैगरी प्रधानमन्त्री दाहालले जेठ १८ गते भारतका प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने मन्त्रालयले जनाएको छ ।

वार्तापछि दुबै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने छन् । भारतका प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री र उनको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन् ।

प्रधानमन्त्री दाहालले नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसङ्घले संयुक्तरुपमा आयोजना गर्ने नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई सम्बोधन गर्नाका साथै दुवै देशका व्यापारीसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री दाहालले भारतका लागि नेपाली राजदूत शङ्करप्रसाद शर्माले आयोजना गर्ने स्वागत समारोहमा सहभागी भई भारतमा रहेका नेपाली समुदायसँग पनि कुराकानी गर्नेछन् । उनले जेठ २० गते काठमाडौँ फर्कनुअघि मध्यप्रदेशको उज्जैन र इन्दोरको पनि भ्रमण गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्रीका रुपमा दाहालको यो चौथो भारत भ्रमण हो । यस भ्रमणले नेपाल र भारतबीचको सदियौँ पुरानो, बहुआयामिक र सौहार्द्रपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ ।

पशुपतिनाथको जलहरीमा भ्रष्टाचार भएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पशुपतिनाथ मन्दिरमा रहेको जलहरीका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन परी छानबिन अनुसन्धान भइरहेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको सुरुआतमै सो सम्बन्धमा सरकारको धारणा राख्दै उनले यस विषयमा आयोगले स्वतन्त्र एवं निष्पक्ष छानबिन गर्ने बताए । छानबिनमा सरकारको सहयोग रहने उनको भनाइ छ ।

“कोषसँग सम्बन्धित पशुपतिनाथको जलहरी विषयमा प्रमुख प्रतिपक्षी दलको नेतालाई जोडेर सदनमा व्यक्त विचार हुनु उचित होइन, यस्ता विषय संसद्को रेकर्डबाट हटाउने प्रचलन पनि रहेको छ”, प्रधानमन्त्री दाहालले भने ।

जलहरीलगायत क्षेत्रमा काम गर्ने क्षेत्राधिकार पशुपति विकास कोष भएकाले सोही संस्थाले काम गरेको विषयमा कुनै विवाद नरहेको उनको भनाइ छ ।

बैठकमा सभामुख देवराज घिमिरेले यही जेठ १० गते नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा सांसद लेखनाथ दाहालले प्रयोग गरेको विचारभित्र ‘स्वास्थ्य सामग्रीको दुई अर्बको भ्रष्टाचार र पशुपतिनाथको जलहरी लगाउँदा सुन भनेर पित्तल लगाएर गरेको भ्रष्टाचारहरू’ भन्ने शब्द संसद्को अभिलेखबाट हटाउन निर्देशन दिए ।

,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध जस्तै भ्रष्टाचारविरुद्धको लडाइँ सुरु गरेको भन्दै कतिबेला मारिने हो थाहा नभएको बताएका छन् ।

आज काठमाडौँमा आयोजित प्रेस सेन्टर नेपालको १९औं केन्द्रीय साधारण सभा तथा २१ औं कृष्ण सेन इच्छुक स्मृति दिवसलाई सम्बोधन गर्दै प्रचण्डले भ्रष्टाचारको विरुद्धको लडाइँ सुरु गरेको बताउँदै कतिबेला दुश्मनबाट मारिने हो भन्ने ठेगान नभएको बताएका हुन् ।

‘बेथिति, विकृतिको विरुद्ध, भ्रष्टाचारको विरुद्धको लडाइँमा जनयुद्धको बेलामा जस्तै हाम फालेको अनुभव हुन्छ,’ प्रचण्डले भने, ‘ जनयुद्धको बेलामा कतिबेला मरिन्छ भन्ने थाहा थिएन, अहिलेको लडाइँ पनि त्यस्तै त्यस्तै छ । कतिबेला घेरामा परिने हो, मारिने हो, दुश्मनको घातप्रतिघातमा परिने हो ठेगान छैन । अहिले थालिएको कदमले पनि कुन बेला एम्बुसमा परिने हो थाहा छैन। कुन बेला धरापमा परिन्छ, थाहा नभए पनि होमिएका छौँ।,’ उनले भने।

प्रधानमन्त्री प्रचण्डले जनयुद्धमा जस्तै अब भ्रष्टाचार र वेथितिविरुद्धको आन्दालेनमा पनि जनताले साथ दिने अपेक्षा गरेका छन्। ‘अहिले नदेखिएको मात्रै हो । केही समयभित्रै ठुलाठुला एक्सन हुनेछन् । त्यसले ल्याउने तरंग पनि ठुलै हुनेछ र सबैको साथ जनयुद्धमा जस्तै पाउनेछौं,’ प्रचण्डले भने ।

मुलुकमा सुशासनको यात्रा आरम्भ

प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा सुशासनको यात्रा आरम्भ भएको बताएका छन् ।

काठमाडौँको शङ्खरापुरमा आज आयोजित प्रेस सेन्टर नेपालको १९औँ साधारणसभा तथा २१औँ कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले मुलुकमा बेथिति र विकृतिका विरुद्ध लड्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री दाहालले भने, ‘भ्रष्टाचार र विकृतिका विरुद्धमा जनतामा एउटा नयाँ आन्दोलन, संस्कारको सुरुआत हुन थालेको महसुस हुँदैछ । यो युद्धमा मैले पनि हाम फालेको छु । अपमानित र घेराबन्दी गर्ने काम भइरहे पनि त्यसलाई छिचोल्दै यो भूमिकामा आइएको छ । हामीसित चुनौती र अवसर दुवै छन् ।’

थुप्रै अप्ठ्यारा एवम् जटिलताबाट देश निर्माण हुने उनको भनाइ छ । माओवादीले खेलेको भूमिका र आन्दोलनको इतिहासले विकास गरेको नेतृत्वका कारण आज देशको नेतृत्व गर्न सम्भव भएको प्रधानमन्त्री दाहालले बताए । विचार, वर्ग, राष्ट्र निर्माणका निम्ति संकल्प लिएर अगाडि बढेको उल्लेख गर्दै उनले अब ठूलाठूला एक्सन हुने र त्यसको तरंग पनि ठूलै जाने बताए ।

नीति तथा कार्यक्रम पारित गर्नुपर्ने र नागरिकता लगायतका विषयको टुंगो लगाउनुपर्ने जिकिर गर्दै प्रधानमन्त्री दाहालले कस्तो जनमत बनाउने भन्ने कुरा प्रेस सेन्टर नेपालको काँधमा रहेको र यसका लागि स्वयम्‌सेवकको रुपमा नेतृत्वलाई साथ दिन आग्रह गरे । उनले शङ्खरापुरको विकास गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

स्व कृष्ण सेन ‘इच्छुक’को योगदानको स्मरण गर्दै प्रधानमन्त्री दाहालले सेन बहुआयमिक व्यक्तित्वको धनी र निष्ठावान् व्यक्ति भएको तथा क्रान्तिकारी विचारको पक्षमा रहने एउटा साहित्यिक स्रष्टा नेपाल समाजको प्रेरणाको स्रोत भएको बताए ।

साधारणसभामा प्रेस सेन्टर नेपालका संस्थापक सदस्य, जनप्रतिनिधिमा निर्वाचित सेन्टरका केन्द्रीय सदस्य, घाइते, बेपत्ता, द्वन्द्वपीडित र पत्रकार तथा उत्कृष्ट शाखालाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

 नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्रको सुदृढीकरणका लागि सबै लाग्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको ३२औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले प्रजातन्त्रलाई बलियो बनाउनका लागि सबै लाग्नुपर्ने बताएका हुन् । प्रजातन्त्रलाई बलियो बनाउन प्रेस युनियनले खेलेको भूमिका सराहनीय रहेको उनको भनाइ थियो ।

‘प्रजातन्त्रको विकल्प भनेकै प्रजातन्त्र हो, प्रजातन्त्रको खिलापमा केही शक्ति लागेका छन्, यसप्रति सबै सजग हुनुपर्छ’, सभापति देउवाले भने । लोकतन्त्रमा प्रेसले गर्ने आलोचनालाई सहन सक्ने क्षमता राख्नुपर्ने उनको भनाइ छ ।

नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले लोकतन्त्र र प्रेस एक सिक्काका दुई पाटा भएको बताए । ‘प्रेस स्वतन्त्रताबिना लोकतन्त्रको अस्तित्व रहँदैन, लोकतन्त्र रक्षाका लागि कांग्रेस लाग्नुपर्छ’, उनले भने। पत्रकार महासङ्घको निर्वाचन र नेपाल प्रेस युनियनको निर्वाचनमा पार्टीका नेताको आड लाग्ने प्रवृत्तिको अन्त्य गर्नु जरुरी रहेको विश्वकर्माले बताए । प्रेस युनियनमा व्यावसायिक क्षेत्रलाई प्राथमिकता दिन उनले सुझाव दिए ।

कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले लोकतन्त्रलाई बलियो बनाउनका लागि कांग्रेसभित्र उत्साह थप्नुपर्ने बताए। ‘नौ महिनासम्म केन्द्रीय समितिको बैठक बस्न सकेको छैन, पार्टीभित्र विभाग गठन भएका छैनन्, यसका कारण पार्टी कमजोर बन्दै गएको छ’, उनले भने ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल, पूर्वअध्यक्ष हरिहर विरही, तारानाथ दाहाल, नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष किरण पोखरेल, पूर्वउपाध्यक्ष दामोदरप्रसाद दवाडी, युनियनका संस्थापक नेता शोभाकर पराजुली, नेपाल प्रेस काउन्सिलका सदस्य रामप्रसाद दाहाललगायतले लोकतन्त्रलाई सुदृढ बनाउने दिशामा श्रमजीवी पत्रकारले कलम चलाउनुपर्ने बताए । उनीहरूले सञ्चार क्षेत्र कमजोर भए लोकतन्त्र कमजोर हुने भएकाले लोकतन्त्रलाई बलियो बनाउन नेपाल प्रेस युनियन लाग्नुपर्नेमा जोड दिए ।

नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले प्रेस युनियनलाई शुद्धिकरण गर्दै संस्थागत ढंगले अगाडि बढाउनका लागि वर्तमान कार्यसमिति लागिपरेको बताए। उनले युनियनका अधिकांश प्रदेश र जिल्लाको अधिवेशन सम्पन्न भइसकेको उल्लेख गर्दै यसै महिनाभित्र बाँकी जिल्ला र प्रदेशको अधिवेशनसमेत सम्पन्न गरिसक्ने बताए ।

२००७ सालदेखिकै भ्रष्टाचारका फाइल खोली अनुसन्धान सुरु गरौँ : सांसद शर्मा

सांसद विश्वप्रकाश शर्माले २००७ सालदेखिकै भ्रष्टाचारका फाइल खोली अनुसन्धान सुरु गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसद शर्माले २००७ सालदेखिकै भ्रष्टाचारका फाइल खोलेर अनुसन्धान गर्नुपर्ने बताएका हुन् । बैठकमा सांसद शर्माले मुलुकको आर्थिक चुनौतीलाई पार लगाउन सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताए ।

आर्थिक वर्ष २०८०र८१ नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद शर्माले भने,’हिजो परिवर्तनका लागि एक ठाउँमा उभिएका राजनीतिक दलहरू आजको आर्थिक चुनौतीलाई पार लगाउन एक ठाउँ उभिन जरुरी छ । गणतन्त्र १५ वर्ष पुग्दै गर्दा आत्मसमीक्षा गरेर हामीले यसलाई आत्मसाथ गर्नुपर्छ।’

उनले नीति तथा कार्यक्रमले नागरिकलाई केन्द्रमा राख्नुपर्ने बताए । ‘भौतिक प्रगतिको रटानले मात्रै हामीलाई भ्यूटावर खडा गर्न उस्काउँछ तर मान्छे बिर्साउँछ । भ्यूटावरका लागि रु डेढ अर्ब छुट्याउँदै गर्दा धनुषामा डेढ सय रुपैयाँको स्लाइनपानी लाउनसमेत नपाएर राजु सदाको मृत्यु भइरहेको छ’, उनले भने ।

सांसद शर्माले झापाको दमकमा रहेको सुकुम्बासीको समस्या समाधान गर्न आग्रह गरे । उनले सुकुम्बासीलाई लालपुर्जा उपलब्ध गराउन मागसमेत गरे ।

‘नक्कली शरणार्थी प्रकरणको अनुसन्धान जरासम्म पुग्नुपर्छ’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली शरणार्थी प्रकरणको अनुसन्धान जरासम्म पुग्न नसकेको बताएका छन् ।

शनिबार ललितपुरमा रास्वपा ललितपुर महानगर भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले शरणार्थी प्रकरणमा पक्राउ परेका ठूला भनिएका नेताहरू भ्रष्टाचारका हाँगामात्रै भएको भन्दै जरासम्म पुग्न नसकेको बताएका हुन् । उनले यस प्रकरणमा भइरहेको छानविनमाथि विश्वास गर्न नसक्ने भएकाले आफूहरूले सदनमा संसदीय छानविन समिति गठन गर्नुपर्ने माग राखेको धारणा राखे ।

प्रहरीले बयान लिन सम्म डराएका व्यक्तिहरूमाथि अव संसदीय समितिले प्रश्न गर्ने उनको भनाइ छ । उनले नेपाली जनताले आफूहरुलाई नाच्न गाउन नभई भ्रष्टहरूलाई समात्न संसद्‌मा पठाएको उल्लेख गरे । कुनै पनि भ्रष्टहरूको विषयमा रास्वपा निर्मम ढंगले अघि बढ्ने भन्दै लामिछानेले जस्तोसुकै घेरावन्दी वा मुद्धा हालेपनि त्यसलाई चिरेर अघि बढ्ने दावी गरे ।

उनले भ्रष्टाचारको जरो नओखलेसम्म विश्राम नलिने स्पष्ट पारे ।

भारतको बंग्लोर उडेको जहाज पुनः नेपाल फिर्ता

भारतको बेंगलोरका लागि उडान भरेको नेपाल एयरलाइन्सको जहाज पुनः फुकाइएको छ ।

अपरान्ह १ः३० मिनेटमा बेंगलोरका लागि उडान भरेको एयरलाइन्सको जहाज पुनः नेपालतर्फ फर्किएको हो ।

त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार जहाज विमानस्थलमा अवतरण गरिसकेको छ ।

सिके राउत र भाजपा बिदेश प्रमुखबीच भेटवार्ता
जनमत पार्टीका अध्यक्ष सिके राउत र सत्तारूढ भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले बिच भेटवार्ता भएको छ ।

केन्द्रिय समितिको बैठक सम्पन्न गरी अध्यक्ष राउत शनिबार भारतको राजधानी नयाँदिल्ली पुगेका थिए ।

अध्यक्ष राउत र भाजपा विदेश विभाग प्रमुख बिच आपसी सम्बन्धका बारेमा भेटवार्ता भएको जनाईएको छ । सो भेटमा दुई देश बिचको सबन्ध र दुई पार्टी बिचको सबन्ध सुधार गर्ने बारेमा छलफल भएको थियो । सो भ्रमण सकेर राउत सोमवार काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

शनिबार जनमत पार्टीका अध्यक्ष राउतले चौथाइवालेसँग भेटेका हुन्। राउत भारत भ्रमणका लागि शनिबार गएका हुन्।

‘नीति कार्यक्रमको स्वीकार र समर्थन गर्छौँ’
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारले सदनमा पेस गरेको नीति तथा कार्यक्रमले देशको आर्थिक, शासकीय र संवैधानिक अवस्था तथा परिवेशलाई विश्लेषण गरेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले कार्यक्रमले राष्ट्र र राष्ट्रिय हितको संरक्षण गर्दै समृद्ध, सबल र न्यायपूर्ण नेपाल निर्माण गर्ने लक्ष्य लिएको बताए ।

नीति कार्यक्रमले संविधानको कार्यान्वयन, अर्थतन्त्रमा सुधार गर्ने, सुशासनको प्रत्याभूति दिलाउने, शासकीय सेवा प्रवाहमा सुधार गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने, रोजगारीमा वृद्धि गर्ने, पर्यावरणीय सन्तुलन गर्ने विषयलाई प्राथमिकता दिएको बताए ।

‘सबै प्रकारका विभेदको अन्त्य गर्ने, शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउने, दिगो एवं भरपर्दो पूर्वाधार विकास गर्ने, शिक्षा, स्वास्थ्यजस्ता आधारभूत विषयमा सरल र सहजरूपमा नागरिकको पहुँच स्थापित गर्ने र आत्मनिर्भर हुँदै निर्यातमुखी उत्पादन व्यवस्था अगाडि बढाउने विषय यसले समावेश गरेको छ’, प्रमुख सचेतक लेखकले भने ।

नीति कार्यक्रमले आजको स्थितिलाई विश्लेषण तथा जानुपर्ने गन्तव्यलाई निर्धारण गर्नुका साथै त्यहाँसम्म पुग्ने साधनको उचित व्यवस्था गरेकाले आफ्नो पार्टीले नीति तथा कार्यक्रमलाई स्वीकार र समर्थन गरेको उनले बताए ।

काठमाडौँमा भूमिगत लाइनबाट विद्युत् वितरण गर्ने प्राधिकरणको तयारी
नेपाल विद्युत् प्राधिकरणले अबको दुई महिनाभित्र काठमाडौँमा भूमिगत लाइनबाट विद्युत् वितरण गर्ने योजना बनाएको छ । प्राधिकरणले यहाँको रत्नपार्क र महाराजगञ्ज लाजिम्पाट क्षेत्रमा घर–घरमै भूमिगत लाइनबाटै बिजुली जोड्ने तयारी गरेको छ ।

महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रअन्तर्गतका पानीपोखरी, लाजिम्पाट र नारायणहिटी सङ्ग्रहालयसहित कीर्तिपुर आसपासका क्षेत्रमा भूमिगत लाइनबाटै बिजुली वितरण गर्ने तयारी सुरु भएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिए । उनका अनुसार कतिपय वितरण बक्सबाट घरका मिटरसम्म जाने बिजुलीको लाइन पनि भूमिगत गर्ने काम भइरहेका छन् ।

भूमिगत लाइनबाटै घर(घरमा बिजुली पुर्याउन प्राधिकरणले पूर्वाधार बनाउँदै गरेको र तार भूमिगत गर्ने काम सकिएका फिडरहरूमा क्रमशः यो काम गर्दै जाने योजना बनाइएको जनाइएको छ । प्राधिकरणले सडकबाट उपभोक्ताका घर र कार्यालयसम्म भूमिगतरूपमा तार लगी मिटरमा भूमिगत लाइनबाट बिजुली जोडे पनि केही महिना पोल भने नहटाउने योजना रहेको प्रवक्ता भट्टराईले बताए ।

आगामी हिउँद यामसम्म सकेसम्म काम सकिएका धेरै क्षेत्रका भूमिगत लाइन चार्ज गर्ने प्राधिकरणको योजना रहेको जनाइएको छ । हिउँदमा काठमाडौँमा विद्युत् लोड बढेर वितरण लाइनमा समस्या देखिने गरेको छ । यसका कारण हिउँदसम्म सकेसम्म धेरै फिडरमा भूमिगत लाइनबाट चार्ज गर्ने प्राधिकरणको तयारी छ ।

महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रका करिब एक लाख घरमा स्मार्ट मिटर जोडेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । काठमाडौँको वितरण लाइन सुदृढीकरण गर्न प्राधिकरणले उपत्यकाभर बिजुलीको तार भूमिगत गर्न ठेक्का लगाएर काम गरिरहेको छ ।

काठमाडौँमा भूमिगत वितरण लाइन बिछ्याइरहेको प्राधिकरणले केही महिनापछि ओभरहेड वितरण लाइन हटाउने जनाएको छ । यसपछि इन्टरनेटका तारसमेत पोलमा राख्न नपाइने भएकाले प्राधिकरणले विकल्प सोच्न इन्टरनेट सेवा प्रदायकलाई आग्रह गर्दै आएको छ ।

प्रकाशित मिति : १३ जेठ २०८०, शनिबार  ९ : ०० बजे

रविलाई पूर्वडीआइजीको सुझाव : भागेर हुँदैन

काठमाडौं- नवराज सिलवालको पहिचान नेपाल प्रहरीको पूर्वडीआईजी भन्दा फराकिलो भएको

नेसपाले बझाङ उपनिर्वाचनमा ‘राइट टू नो भोट’को नीति अपनाउने

काठमाडौं– डा. बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादी पार्टीले बझाङको उपनिर्वाचनमा

सबै कम्युनिष्ट एकतावद्ध हुनुपर्छ : नेता खनाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सबै कम्युनिष्ट

कोशीका मुख्यमन्त्रीले वैशाख २५ भित्र विश्वासको मत लिनुपर्ने

काठमाडौं– कोशी प्रदेशसभामा संकल्प प्रस्ताव पारित भएसंगै मुख्यमन्त्री केदार कार्कीले

एमालेको प्रतिनिधि परिषद् बैठकमा २ हजार ४५४ जना सहभागी हुने

काठमाडौं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा २ हजार