ब्रेन स्ट्रोक र उपचार पद्धति | Khabarhub Khabarhub

ब्रेन स्ट्रोक र उपचार पद्धति


१२ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

पक्षघात अर्थात् ब्रेन स्ट्रोक हुनु दिमागको कुनै भागमा रक्तसञ्चार बन्द हुनु हो। मानिसमा मष्तिष्कघात अर्थात् ब्रेन स्ट्रोक बुढापाकामा मात्रै हुन्छ भन्ने गलत धारणा छ। तर, आधुनिक जीवनशैलीको जटिलताले गर्दा वयस्क उमेरका व्यक्तिमा पनि यो समस्या देखिन थालेको छ। दिमागमा अक्सिजन तथा पोषक तत्त्वको कमी हुनाले ब्लड भेसल्स अर्थात् रक्त नलीका बीचमा रगत जम्नाले यसको क्रियामा बाधा पुग्छ। व्यस्त जिन्दगीमा मानसिक तनाव, जीवनशैली, धूम्रपान, मद्यपान, हाई ब्लड प्रेसर, डाइबेटीज, मोटोपन आदिका कारणले ब्रेन स्ट्रोक हुनसक्ने चिकित्सकले बताएका छन्। हाम्रो सम्पूर्ण शरीरमा दिमागको काम धेरै महत्त्वपूर्ण हुन्छ। यस्तो अवस्थामा शरीरका अन्य रोगलाई बेवास्ता गरियो भने यसले हाम्रो दिमागलाई विपरीत ढङ्गले प्रभावित गर्छ। ब्रेन स्ट्रोक समस्या, यसको जोखिम, लक्षण र बच्न के गर्ने भन्ने विषयमा आधारित रहेर खबरहबका लागि न्युरोलोजिष्ट डा. बाबुराम पोखरेलसँग गरिएको कुराकानीको सम्पादित अंशः

ब्रेन स्ट्रोक भनेको के हो ?
हाम्रो ब्रेनमा रगत सञ्चालन हुने पक्रियामा अवरोध भएमा वा रगत सञ्चालन भएको नशा फुटेर रगत जम्नुलाई नै हामीले स्ट्रोक भन्छौँ। कुनै कारणवश मस्तिष्कको रक्त बाहिनी नलीमा रगत जमेर नशा फुट्ने समस्या भयो भने मस्तिष्क ब्रेन कोशिकालाई पर्याप्त मात्रामा अक्सिजन पुग्न पाउँदैन। यस्तो अवस्थामा मस्तिष्कका कोषिकाहरू तीव्र गतिमा नष्ट हुन थाल्छन्। शरीरको यस अवस्थालाई नै ब्रेन स्ट्रोक अर्थात् मस्तिष्क घात भनिन्छ। सहज ढङ्गले बुझ्दा यो मस्तिष्कमा रगत जम्ने वा राम्रोसँग रगत सञ्चार नभएको अवस्था हो।

ब्रेन स्ट्रोक के कारणले हुन्छ ?
कुनै अवस्थामा वंशाणुगत हुनसक्छ। जस्तो परिवारमा एक जनामा भयो भने अन्य परिवारका सदस्यमा पनि चिन्ता छाउँछ। त्यसैले हाइपर टेन्सन हटाउनुपर्छ। ब्रेन स्ट्रोक हुनुका कारणमा आजको व्यस्त जिन्दगीमा मानसिक तनाव, जीवनशैली, धूम्रपान, मद्यपान, हाई ब्लड प्रेसर, डाइबिटीज, मोटोपन आदिलाई प्रमुख मानिन्छ। यीबाहेक आरामदायक अथवा निरन्तर बसेर काम गर्ने शैलीले पनि दिमाग र मुटु सम्बन्धी रोग निम्त्याउने गर्छ। यही कारणले गर्दा हिजोआज ब्रेन स्ट्रोक जस्ता समस्या दिन–दिनै बढ्न थालेका छन्। यसका साथै टाइप–२ डाइबिटिजका बिरामीलाई ब्रेन स्ट्रोकको खतरा धेरै हुन्छ। हाई ब्लड प्रेसर र हाइपर टेन्सनका बिरामी यसको चपेटामा छिट्टै आउँछन्। गर्भ निरोधक चक्कीको सेवन र कोलेस्ट्रोलको बढ्दो स्तरले पनि ब्रेन स्ट्रोकलाई निम्त्याउने गर्छ।

ब्रेन स्ट्रोक कति किसिमका हुन्छन् ?
ब्रेन स्ट्रोक विशेष गरेर दुई प्रकारका हुन्छन्। एउटा रगत सञ्चालन नपुगेर हुने हुन्छ जसलाई स्केमिक स्ट्रोक भनिन्छ। यो ७० देखि ८२ प्रतिशत मानिसमा हुन्छ। अर्को भनेको ब्रेनको नशा फुटेर हुने हो। जसलाई हेमोरेजीक स्ट्रोक भनिन्छ।

स्केमिक भनेको टाउकोमा जाने नशा ब्लक भएर हुने समस्या हो। रगतको दबाबले रगतको नशा ब्लक भएको हुन्छ। रगतको डल्ला मुटुबाट जान सक्दैन जसको कारण मुटुको चालमा गडबड आउँदा पनि रगतको डल्ला जम्ने सम्भावना हुन्छ। त्यही रगतको सानो टुक्रा टाउकोमा गएर नशा बन्द हुन्छ, त्यो स्केमिक स्ट्रोक हो। त्यस्तै घाँटीको नशाबाट टाउकोमा जाने हुन्छ। त्यो नशामा उमेरसँगै कोलेस्ट्रोल, बोसो जम्दै गएपछि त्यै टुक्रा घाँटीको नशाबाट टाउकोमा गएर पनि नशा बन्द हुने तथा पक्षघात हुन्छ। अधिकांश ६० देखि ७० प्रतिशतमा प्रेसर, धूम्रपानको कारणले पनि स्केमिक स्ट्रोक हुन्छ।

ब्रेन स्ट्रोकका लक्षण के के हुन् ?
ब्रेन स्ट्रोकमा मुख, हात र खुट्टा बाङ्गो हुनु, रिंगटा लाग्नु, टाउको दुख्नु, धमिलो देख्नु, बोल्न र हिँड्न समस्या हुनु, ढाड दुख्नु आदि प्रमुख लक्षण हुन्। स्ट्रोक नन-ब्लिडिङ र बिल्डिङ दुई किसिमका हुन्छ। जसमा दिमागको नसा सुन्निने र पछि नसा फुट्ने पनि हुन्छ। शरीरको एउटा भाग नचल्ने, हात खुट्टा एउटा नचल्नु, कहिलेकाहीँ दुवै नचल्ने पनि हुन्छ। लगभग ८० प्रतिशत ब्रेन स्ट्रोकका केसमा यस्ता लक्षणहरू देखिन्छन्। तर कतिपय अवस्थामा कुनै लक्षण नै नदेखिने पनि हुन्छ। त्यसैले यसको समयमा नै पहिचान गराउनु आवस्यक छ। समयमा नै अस्पताल आइपुग्यो भने उपचार सम्भव हुन्छ, थोरै मात्रा पनि ढिला भयो भने उपचार गाह्रो हुन्छ।

नेपालको कुन कुन अस्पतालमा ब्रेन स्ट्रोकको उपचार हुन्छ ?
नेपालमा एउटा स्ट्रोक रेडी सेन्टर भन्ने पनि छ। त्यसमा थ्रोम्बेटिमी र थ्रम्बलाइसिस् दुवै हुन्छ। तर नेपालमा समग्रमा भन्नु पर्दा स्ट्रोकको उपचार नै नहुने अस्पताल चाहिँ धेरै छन्। जहाँ इको इस्पेन्डिस्टडिज मात्र दिइन्छ। स्ट्रोक रेडी सेन्टरमा सम्बन्धित उपचार गर्ने काठमाडौंमा पाँचदेखि ७ वटा मात्र छन्। स्ट्रोक हुँदा अझै पनि नेपालमा समस्या नै छ।

कसैलाई स्ट्रोक भयो अब पहिला काम के गर्ने ?
यसको लागि अस्पतालमा नै आउनुपर्छ। अप्रेसन गर्ने भनेको नशा ब्लक भएर मरेको नशा धेरै फुलेर टाउकोको प्रेसर बढ्यो भने त्यो प्रेसर कम गर्नलाई कहिलेकाहीँ टाउको माथिको हड्डी निकाल्नुपर्छ। नभए नशा ब्लक भएर मात्रै अप्रेसन गर्नु पर्दैन।

उपचारका क्रममा एउटा तीव्र स्ट्रोक हेरचाह भन्ने हुन्छ त्यसमा स्ट्रोक भएको तत्काल चार घण्टाभित्र अस्पताल आउनुभयो भने हामीले थम्बलाइसिस् भन्ने एउटा औषधि प्रयोग गर्छौ। त्यो औषधिले ब्लक भएको नशालाई फुटाउँछ र रगत सञ्चालन हुन्छ। स्ट्रोक ब्लक छ। भने त्यसमा हामीले सानो नशा र ठुलो नशा कुन ब्लक भएको हो त्यो हेर्नु पर्दछ। ठुलो नशा ब्लक भएको छ भने हामीले तार राखेर नशा खोल्छौँ। त्यसलाई हामी थ्रोम्बोटोमी भन्छौँ। अहिले यो नेपालमा नै गर्न सकिन्छ। अहिले नेपालको स्ट्रोकको उपचारमा थ्रोम्बेटिमी र थ्रम्बलाइसिस् दुवै छन्। जिन्दगी भर हिँड्न नसक्ने, हात घोडा नचल्नेलाई यसले मद्दत गरेको हुन्छ।

यस्तो समस्या नआओस् भनेर के गर्ने ?
धूम्रपान नगर्ने, मुटुको धड्कन सही गलत भएको थाहा पाउने, व्यायाम गर्ने, पहिला स्ट्रोक हुन नै नदिने, स्ट्रोक भएको अवस्थामा अस्पतालमा गएर सल्लाह सुझाव लिन सकिन्छ। समयमा उपचार हुन्छ। साथै सुगर, प्रेसर भएका बिरामीमा हुने सम्भावना बढी हुन्छ। विलासी जीवन बिताउने व्यक्तिमा धेरै हुन्छ। जंक फुड धेरै खाने, हिँडडुल नगर्ने, मुटुको समस्या भएको व्यक्तिमा धेरै हुन्छ। त्यसैले यो सबै नियन्त्रणमा राख्नुपर्छ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ६ : ५८ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएलको फाइनलमा आज कोलकाता र हैदरावादको भिडन्त

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) २०२४ को फाइनलमा आज

नेपालको लगातार दोस्रो जित : हुरिकेन्स ९६ रनमा समेटियो

काठमाडौं – आइसिसी टी-२० विश्वकपको तयारीका लागि हस्टन हुरिकेन्सविरुद्ध नेपालले

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ १३ गते आइतबार तदनुसार

आज २०८१ साल जेठ १३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ १३ गते आइतबार तदनुसार