साफ च्याम्पियनसिपमा आज नेपालले पाकिस्तानसँग खेल्ने « Khabarhub

साफ च्याम्पियनसिपमा आज नेपालले पाकिस्तानसँग खेल्ने


१२ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– १४औँ संस्करणको साफ च्याम्पियनसिप फुटबलमा आज नेपालले पाकिस्तानसँग खेल्दैछ ।

भारतको बैंगलोरस्थित श्री कान्तिराव स्टेडियममा नेपाली समयअनुसार अपराह्न पौने ४ बजे हुने खेल दुवै टोलीका लागि प्रतिष्ठाको लडाइँ मात्र हुनेछ ।

समूहको अन्तिम खेल खेल्न लागेका दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेका छन् । 

समूह ए मा रहेका नेपाल र पाकिस्तान अंक विहीन छन् । तर गोल अन्तरका आधारमा नेपाल तेस्रो स्थानमा छ भने पाकिस्तान पुछारमा छ ।

नेपाल र पाकिस्तान आफ्ना दुवै खेलमा कुवेत र भारतसँग पराजित भएका थिए । 

समूह ए बाट भारत र कुवेत सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । जारी खेलमा कुवेत ६ अंकका साथ शीर्ष स्थानमा छ भने ६ अंक नै भएको भारत दोस्रो स्थानमा छ । 

समूह ए अन्तर्गत आजै भारत र कुवेत खेल्ने छन् । यो खेलले समूहको विजेता र उपविजेताको टुंगो लाग्ने छ ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ८ : ४६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै