तरकारी र फलफूलको आजको मूल्य कति ? « Khabarhub

तरकारी र फलफूलको आजको मूल्य कति ?


१२ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ ।

समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज सबैभन्दा बन्दा सस्तो छ भने एभोकाडो सबैभन्दा महँगो छ । आज बन्दा प्रतिकेजी ७ रुपैयाँ ६० पैसा र एभोकाडो प्रतिकेजी ६५० रुपैयाँ रहेको छ ।

यस्तै, नेपाली गोलभेडा प्रतिकेजी ४५ रुपैयाँ, टनेल गोलभेडा १२ रुपैयाँ ४० पैसा, रातो आलु ४४ रुपैयाँ, भारतीय रातो आलु, रातो मूला र लाम्चो भन्टा ३५ रुपैयाँ कायम छ ।

मुडेको रातो आलु ३८ रुपैयाँ ६० पैसा, सेतो आलु ३४ रुपैयाँ ५० पैसा, सुकेको प्याज ४४ रुपैयाँ ८० पैसा, लोकल गाजर, तने बोडी, सेलरी र हरियो लसुन ११० रुपैयाँमा किनबेच भइरहेको छ ।

स्थानीय काउली, गान्टे मूला, चुकुन्दर, सलमग र लोकल सिमी ७५ रुपैयाँ, मकै बोडी, तराई परवर र दसहरी आँप प्रतिकेजी ८५ रुपैयाँ, राजमा, घिउ सिमी, भटमास कोशा र तरबुजा ९५ रुपैयाँ, तिते करेला ६६ रुपैयाँ, घिरौला ६२ रुपैयाँ, झिगूनी र स्कूस ५५ रुपैयाँमा बिक्री भइरहेको छ । 

यसैगरी, रायोको साग ४६ रुपैयाँ ६७ पैसा, कन्ये च्याउ १४४ रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, कुरिलो २२५ रुपैयाँ, न्यूरो र ब्रोकाउली ८५ रुपैयाँमा कारोबार भइरहेछ ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ८ : ५८ बजे

सुर्खेतमा एक विद्यार्थी मृत भेटिए 

सुर्खेत– सुर्खेतमा लोकसेवा आयोगको तयारी गरिरहेका अछामका एक विद्यार्थी भाडाको

रातभर मनाएर सकियो तलेजुको जात्रा

भक्तपुर– विजयादशमीका दिन मध्यरातिबाट भक्तपुरमा सुरु भएको पायःद्यो अर्थात् खड्ग

तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा

काठमाडौँ– नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित निःशुल्क बस

नदी कटान रोक्न तटीय क्षेत्रमा वृक्षरोपण

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्थित खल्लागोठमा मछेली नदीको कटान रोक्न

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका लागि