इलाममा आगलागी (अपडेट) | Khabarhub Khabarhub

इलाममा आगलागी (अपडेट)


१२ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– इलाममा आगलागीबाट सात घर जलेर पूर्णरुपमा नष्ट भएका छन् । माङ्सेबुङ गाउँपालिका– ५ को लारुम्बामा गए राति भएको आगलागीबाट सात घर नष्ट भएका हुन् । ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सो आगलागीबाट अनु चेम्जोङ, नरहाङ लावती, हर्कबहादुर चेम्जोङ, पदम इवा, लोकहाङ लावती, माङ्गेना साम्बाहाम्फे र चन्द्र राईका घर पूर्ण रूपमा नष्ट भएका हुन् ।

प्रहरीका अनुसार काठ र टिनबाट निर्मित घरहरू एकै ठाउँ रहेकाका कारण धेरै घरमा क्षति भएको हो । गए राति करिब साढे २ बजेतिर सुरु भएको आगो स्थानीयले नियन्त्रणमा लिएका थिए । 

आगलागीबाट मानवीय क्षति नभए पनि घरमा भएका अधिकांश समान पूर्णरुपमा जलेर नष्ट भएका छन् ।

विधुत सर्ट भई आगलागी भएको र करिब ६० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ९ : ५१ बजे

निजी लगानीमा अस्पताल स्थापना गर्नु उदाहरणीय कार्यः प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा पछाडि परेका वर्गलाई

हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु

तेहरान – साउदी अरबका पवित्र शहरहरूमा बढ्दो तापक्रमका बीच हज

सिकलसेल भएका युवायुवतीले विवाह गर्दा अनिवार्य रगत परीक्षण गर्नुपर्ने सुझाव

दाङ – दाङका एकजना २६ वर्षीय थारु समुदायका युवा जोर्नी

पार्टीभित्रको आत्मनिन्दा र गुटबन्दीले कांग्रेस कमजोर हुन्छ : प्रकाशशरण महत

रूपन्देही– नीति र सिद्धान्तमा बलियो भए पनि आत्मनिन्दा, गुटबन्दी र