एमाले र रास्वपाद्वारा प्रतिनिधिसभा बैठक अवरोध « Khabarhub

एमाले र रास्वपाद्वारा प्रतिनिधिसभा बैठक अवरोध


१२ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले बुधबार प्रतिनिधिसभाको बैठक अवरोध गरेका छन् । जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासनअन्तर्गत राख्ने गरी बजेटमा गरेको व्यवस्था सच्याउन माग गर्दै बैठक अवरोध गरेका हुन् ।

बैठक सुरु हुनेबित्तिकै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बजेटमा यो गल्ती भएकाले सच्याउन माग गरे । उनले यो विषयमा अर्थमन्त्रीले जवाफ नदिएकाले जवाफ मागे ।

एमालेका सूर्य थापाले पनि यो विषयमा नसच्याउँदा सम्मका लागि सदन चल्न नसक्ने बताए । 

त्यसपछि रास्वपाका संसदीय दलका नेता रवि लामिछानेले लोकतन्त्रमा आक्रमण हुने विषयमा अर्थमन्त्रीले यो विषयमा छुट्टै जवाफ दिनुपर्ने माग गरे ।

उनीहरुले उठेर विरोध जनाउँदै उक्त निर्णय फिर्ता लिनुपर्ने र यसबारे सरकारबाट जवाफ नआउँदासम्म सदन चल्न नसक्ने अडान लिए । सभामुख देवराज घिमिरेले पटक पटक सदन चल्न दिन अनुरोध गरे ।

तर, उनीहरुले नमानेपछि सभामुख घिमिरेले मंगलबार नै बस्नेगरी १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

 

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ११ : ३९ बजे

एसियाली खेलकुद ब्याटमिन्टन : इरानसँग नेपाल पराजित

काठमाडौं- नेपाली ब्याडमिन्टन खेलाडी क्षितिज खनाल जापानमा जारी बीसौँ एसियाली

आगामी महाधिवेशन हाम्रो परीक्षाको घडी हो : संयोजक कोइराला

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहका संयोजक डा. शशांक कोइरालाले नेपाली

कान्ति लोकपथमा खसेको पहिरो हटाइयो

ललितपुर– कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा

नारायणी नदीको पानी सतर्कता तह पार, बाढीको जोखिम बढ्यो

चितवन– लगातारको वर्षापछि नारायणी नदीको पानीको सतह सतर्कता तह पार