युवा कांग्रेस गठनको आवश्यकता : नैनसिंह महर « Khabarhub

युवा कांग्रेस गठनको आवश्यकता : नैनसिंह महर


१२ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले युवा कांग्रेस गठनको आवश्यकता औंल्याएका छन्। काठमाडौंमा आयोजित नेविसंघ र तरुणदलका नेताहरूसँगको छलफल कार्यक्रममा उनले युवा कांग्रेस आजको आवश्यकता भएको बताए। 

‘पार्टीका भ्रातृ संगठनलाई पूर्णता दिनु त छ नै। सँगसँगै  युवा कांग्रेस गठनसमेत आजको आवश्यकता बनेको छ। पार्टीले एउटा नयाँ भ्रातृ संस्था गठन गर्नुपर्छ। जुन जनताको आकर्षणको केन्द्र बन्न सकोस् ‘ उनले भने। युवा कांग्रेसलाई भ्रातृ संगठनको राजनीतिबाट बाहिरिएका र विभिन्न वर्ग, पेशा र दलबाट कांग्रेसमा काम गर्न ईच्छुक नेताका लागि स्कुलका रूपमा विकास गर्न सकिने उनको भनाइ छ। 

पार्टी र सरकार सञ्चालनको सैद्धान्तिक र व्यवहारिक सीप सिकाउने थलोका रूपमा युवा कांग्रेस बनाउन सकिने नेता महरको अवधारणा छ। ‘पार्टीको महासमिति र महाधिवेशनमा पनि मैले यो एजेन्डा उठाएको थिएँ। अहिले यसको सान्दर्भिकता झनै बढ्दै गएको छ। नयाँ पार्टीहरू आएका छन्। हामीले पनि नागरिकमा नयाँ आभास गराउन युवा कांग्रेस गठन गर्नुपर्छ’ उनी भन्छन्।

२०५१ सालको मध्यावधि चुनावपछि पार्टीमा संकट देखिँदा २०५४ सालमा तरुण दल ब्युँताइएको स्मरण गर्दै अहिले अहिले पनि युवा कांग्रेस बनाउनुपर्ने महरको तर्क छ। 

‘२०५१ सालपछि पार्टीमा संकट देखियो। त्यसपछि तरुण दल ब्युँताउँदा कांग्रेसलाई बलियो बनाउन सहयोग पुग्यो। २०५६ मा कांग्रेसले बहुमत प्राप्त पनि गरेको थियो,’ उनले भने ‘अहिले पनि पार्टीमा संकट देखिएको छ । युवा कांग्रेस गठन गर्दा पार्टीलाई संकटबाट बाहिर निकाल्न मद्दत पुग्छ। यसमा पार्टी नेतृत्वको  ध्यानाकर्षण गराउँदछु।’

पार्टीमा वैचारिक बहस सुस्ताएको भन्दै युवा काङ्ग्रेसमार्फत त्यसको उठान गर्न सकिने उनले बताए। राजनीतिक नेता कार्यकर्ताले विकास, राजनीति, समाज, अर्थतन्त्र र नैतिक अनुशासन सिक्ने ट्रेनिङ सेन्टरका रूपमा  युवा काँग्रेस लाई विकास गर्न सकिने र विभिन्न क्षेत्रमा ख्याति प्राप्ति व्यक्तिका लागि युवा कांग्रेसलाई पार्टीको प्रवेशद्वार बनाउन सकिने महरको भनाई छ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  १ : ५७ बजे

आगामी महाधिवेशन हाम्रो परीक्षाको घडी हो : संयोजक कोइराला

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहका संयोजक डा. शशांक कोइरालाले नेपाली

कान्ति लोकपथमा खसेको पहिरो हटाइयो

ललितपुर– कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा

नारायणी नदीको पानी सतर्कता तह पार, बाढीको जोखिम बढ्यो

चितवन– लगातारको वर्षापछि नारायणी नदीको पानीको सतह सतर्कता तह पार

अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकको विश्व आर्थिक शासन व्यवस्थामा