अख्तियारद्वारा भ्रष्टाचार अभियोगमा मुद्दा दायर « Khabarhub

अख्तियारद्वारा भ्रष्टाचार अभियोगमा मुद्दा दायर


१२ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा कृषि विकास कार्यालय मुगुका तत्कालीन निमित्त कार्यालय प्रमुखसहितका अधिकारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । प्रदेश सरकारबाट प्राप्त भएको अनुदान रकममा तोकिए बमोजिमको काम नगरी भ्रष्टाचार गरेको आयोगले आरोप छ ।

आर्थिक वर्ष २०७६-७७ मा सञ्चालन भएको खत्याड गाउँपालिका-४ स्थित खिराचौर कृषि सिँचाइ निर्माण योजना अधुरो र समयमा काम नगर्ने उपभोक्ता समिति तथा अन्य संलग्नलाई नियमानुसार कारबाही नगरी छाडिएको थियो । 

कार्यस्थलमा नभएको कामकोसमेत विवरण तयार पारी रु १२ लाख ८३ हजार ३४ बराबरको भुक्तानी दिएको पाइएको आयोगको भनाइ छ । सो कार्यमा कृषि विकास कार्यालय मुगुका तत्कालीन निमित्त कार्यालय प्रमुख पञ्चलाल बुढाविरुद्ध रु १२ लाख ८३ हजार ३४ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ ।

यस्तै, सोही कार्यालयका सव इन्जिनियर राजेन्द्र शाही र प्रशासनिक सहायक टेकबहादुर खत्री, उपभोक्ता समितिका अध्यक्ष हस्तबहादुर रोकाया, कोषाध्यक्ष अमनाकुमारी रोकाया र सचिव भुवन रावलविरुद्ध पनि समान बिगो दाबी गर्दै आजै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए। 

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ५ : ४७ बजे

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य