किसानलाई रोपाइँको चटारो « Khabarhub

किसानलाई रोपाइँको चटारो


१२ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

धनगढी- कैलाली, कञ्चनपुरलगायतका जिल्लाका किसानलाई यतिबेला बर्खे धान बालीको रोपाइँ गर्ने चटारो छ । रोपाइँका लागि पर्याप्त मनसुनी वर्षा नभएपछि बोरिङबाट पानी तानेर भए पनि रोपाइँ गर्नुपरेको कृषकले बताएका छन् । सुदूरपश्चिमका कैलाली, कञ्चनपुरसहितका जिल्लामा एक हप्ताअघिनै मनसुन भित्रिएको भए पनि रोपाइँ गर्न पुग्ने गरी ठूलो वर्षा हुन सकेको छैन ।

आम्दानी गर्ने र जीविका चलाउने मुख्य स्रोतको रुपमा बर्खे धान बाली रहेकाले बोरिङको पानी तानेर भए पनि रोपाइँ गर्नै परेको धनगढीका किसान मानबहादुर चौधरीले बताएयो । “यसैबाट जीविका चलाउनु छ, ब्याड तयार भइसकेकाले अहिले धान नरोपे कहिले रोप्ने, उखरमाउलो गर्मी भए पनि रोपाइँ गर्नै पर्यो”, खेत जोत्दै गरेको भेटिएका कृषक चौधरीले भने ।

कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माले अहिलेसम्म जिल्लामा रोपाइँ हुने जग्गाको झण्डै १२ प्रतिशतमा रोपाइँ पूरा भएको बताए । “वर्षा भए पनि रोपाइँका लागि पर्याप्त छैन”, उनले भने, “वर्षाको पानीले खेतको माटो भिजाएर बोरिङको पानी कम मात्रामा लाग्नेसम्म बनाएको छ ।”

सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरसहितका जिल्लामा यस वर्ष मनसुन एक हप्ताअघिनै प्रवेश गरे पनि ठूलो वर्षा हुन सकेको छैन । जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयका सूचना अधिकारी सिङ्गल चौधरीले यस वर्ष सरदर कम वर्षा हुने अनुमान गरिएको बताए ।

मनसुन भित्रिएको एक हप्तायता अत्तरिया धनगढी क्षेत्रमा पटकपटक गरी झण्डै एकसय २५ मिमि मात्र वर्षाको मापन भएको छ । धान रोपाइँ गर्ने, हिलो बनाउने, काट्ने र झार्ने काममा आधुनिक कृषि औजारको प्रयोग बढ्दा खेती गर्न पहिलेको भन्दा सजिलो भएको कृषकको अनुभव छ ।

यी औजारको प्रयोगले समयको बचत हुनुका साथै परिश्रमसमेत कम लाग्ने हुँदा रोपाइँ गर्न सहज भएको धनगढीका किसान वीरबहादुर रानाले बताए । “खेती गर्न र कृषिउपज ढुवानी गर्दा पहिलेको जस्तो राँगा र गोरुगाडाको प्रयोग घटेर आधुनिक मेसिनको प्रयोग बढ्दा निकै सहज भएको छ”, रानाले भने, “समयमै मलखाद, बीउबिजन, सिँचाइजस्ता समस्या भने हट्न नसक्दा समस्या हुने गरेको छ ।”

सिँचाइको भरपर्दो सुविधा नभएको क्षेत्रमा आकासको पानीको भरमा धान रोपाइँ हुने गरेको छ । कैलाली जिल्लामा ७२ हजार पाँच सय हेक्टर र कञ्चनपुरमा ४८ हजार चार सय ५० हेक्टरमा बर्खे धान खेती हुने गरेको छ ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ७ : ४३ बजे

१० खेलाडीमा सीमित रियललाई २-१ ले हराउँदै एट्लेटिको विजयी

काठमाडौँ – स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति सम्पन्न ‘मड्रिड डर्बी’

कानुनसहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ–  संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक आज

विपद्को पूर्वसूचना आयो, तर गम्भीरता बुझ्न नसक्दा विध्वंस

त्रिशूली – बिहानको खाना खाइसकेपछि विदुर नगरपालिका–१ ढुङ्गेका छत्र प्याकुरेल

एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ

गण्डकी– गत भदौ महिनामा कास्कीमा ५६ जना फरार प्रतिवादी पक्राउ

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।