जसपाको विधान अधिवेशन सम्पन्न « Khabarhub

जसपाको विधान अधिवेशन सम्पन्न


१२ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जनता समाजवादी पार्टी, (जसपा) नेपालको तीन दिनदेखि काठमाडौँमा जारी विधान अधिवेशन आज सम्पन्न भएको छ । यही असार १० गतेदेखि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा उक्त विधान अधिवेशन जारी रहेको थियो ।

विधान अधिवेशनबाट विधान प्रमाणीकरणका लागि पार्टी अध्यक्ष उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ, लालबाबु राउत, सुशीला श्रेष्ठ र दीपेन्द्र झा रहेको विधान प्रमाणीकरण समिति बनाइएको सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार विधान अधिवेशनमा उठेका विषय र समूहले निकालेका निष्कर्षका विषयलाई समावेश गरी विधानलाई अन्तिम रूप दिइने छ । प्रमाणीकरण समितिले विधान प्रमाणीकरण गरेसँगै उक्त विधान लागू हुने जनाइएको छ ।

विधान अधिवेशनमा पार्टीको झण्डा फेर्नुपर्ने, ७० वर्षको उमेर हद राख्न नहुनेजस्ता विषय उठेको केन्द्रीय प्रचार विभाग प्रमुख बस्नेतले बताए ।

यसैगरी जसपाले पहिचानमा आधारित राष्ट्रिय समितिलाई साङ्गठनिक संरचना मानेर जाने भएको छ । प्रदेश समितिको मातहतमा राष्ट्रिय समिति रहने गरी विधानमा व्यवस्था गरिने भएको छ । विधान अधिवेशनमा पार्टी अध्यक्ष एवं मस्यौदा तयारी समितिका संयोजक उपेन्द्र यादवले विधानको मस्यौदा सोमबार प्रस्तुत गरेका थिए ।

उनले प्रस्तुत गरेको उक्त मस्यौदामाथि १० वटा समूहमा विभाजन गरेर भएको छलफल सकिएसँगै आज प्रत्येक समूहबाट एक–एक जना टोली नेताले आ–आफ्नो समूहमा छलफल गरी निकालिएको निष्कर्ष समूहका तर्फबाट प्रस्तुत गरेका थिए ।

अधिवेशनलाई समापन गर्नुहुँदै अध्यक्ष यादवले पहिचानको मुद्दालाई यो विधानले बोक्ने भएकाले राष्ट्रिय समितिलाई अझै शक्तिशाली बनाउने धारणा राखेका थिए । पहिचानको लडाइँ अझै बाँकी रहेकाले जसपाले त्यसको नेतृत्व गर्ने र त्यसका लागि राष्ट्रिय समिति र प्रदेश समितिलाई अझ सशक्त बनाएर अगाडि बढ्ने उनको धारणा छ ।

यसैगरी पार्टी अध्यक्ष यादवले अधिवेशनले पार्टीमा झन ऊर्जा थपेको बताउँदै विधान कार्यान्वयनमा आएपछि पार्टीको राजनीतिक गतिविधि सोहीअनुसार अगाडि बढाउनसमेत निर्देशन दिएका थिए ।

उक्त पार्टीको विधान अधिवेशनमा विभिन्न समिति र सङ्गठनबाट गरी सात सय ४६ जना प्रतिनिधि रहे पनि अधिवेशनमा भने जम्मा छ सय प्रतिनिधि सहभागी रहनुभएको सो पार्टीले जनाएको छ ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ८ : ५० बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील