मन्त्री मोदीसँग दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट « Khabarhub

मन्त्री मोदीसँग दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट


१२ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीसँग नेपालका लागि नवनियुक्त गणतन्त्र कोरियाका राजदूत पार्क टियोङ्गले शिष्टाचार भेट गरेका छन् । मन्त्री मोदीसँग राजदूत टियोङ्गले आज मन्त्रालयमा भेटवार्ता गरेका हुन् ।

सो अवसरमा मन्त्री मोदीले नवनियुक्त राजदूत टियोङ्गलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभएको सचिवालले जनाएको छ । जनता–जनताबीचको सम्बन्ध, सार्वभौमिकता र लोकतान्त्रिक मूल्यमान्यता नै बहुपक्षीय कोरिया नेपाल सम्बन्धको जग भएको बताउँदै मन्त्री मोदीले भने, “यस सम्बन्धलाई अझ प्रगाढ बनाउनका निम्ति हाम्रो स्थानीय तह र कोरियाका विभिन्न सहरबीच भगिनी सम्बन्ध कायम गर्न हामी इच्छुक छौँ ।”

सो अवसरमा राजदूत टियोङ्गले भन्नुभयो, “नेपाल र कोरियाबीच जनस्तरको सम्बन्ध छ, दुई देशबीचको द्विपक्षीय सम्बन्ध अझ प्रागाढ र सुदृढ बनाउने कार्यमा मेरो भूमिका रहनेछ ।” उनले यही असार २० गतेदेखि मन्त्री मोदीबाट हुन लागेको कोरिया भ्रमण सफलताको शुभकामना व्यक्त गरे ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  १० : ०३ बजे

एसियाली खेलकुद ब्याटमिन्टन : इरानसँग नेपाल पराजित

काठमाडौं- नेपाली ब्याडमिन्टन खेलाडी क्षितिज खनाल जापानमा जारी बीसौँ एसियाली

आगामी महाधिवेशन हाम्रो परीक्षाको घडी हो : संयोजक कोइराला

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहका संयोजक डा. शशांक कोइरालाले नेपाली

कान्ति लोकपथमा खसेको पहिरो हटाइयो

ललितपुर– कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा

नारायणी नदीको पानी सतर्कता तह पार, बाढीको जोखिम बढ्यो

चितवन– लगातारको वर्षापछि नारायणी नदीको पानीको सतह सतर्कता तह पार