‘हज यात्रामा अपेक्षाभन्दा कम सहभागी’ « Khabarhub

‘हज यात्रामा अपेक्षाभन्दा कम सहभागी’


१२ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – यस वर्षको वार्षिक हज यात्रामा १८ लाखभन्दा बढी भक्तजनले दर्शन गरेका छन्, साउदी अरबको तथ्याङ्क कार्यालयाले मङ्गलबार जनाएको छ ।

विश्वका सबैभन्दा ठूलो धार्मिक जमघटमध्येको एक यस पर्वका अवसरमा यस वर्षको अनुष्ठानमा २५ लाखभन्दा बढी तीर्थयात्री आउने अनुमान साउदी अधिकारीहरूले गरेका थिए ।

तर सरकारी अल एखबारिया टिभीले सार्वजनिक गरेको आधिकारिक तथ्याङ्कअनुसार सन् २०१९ मा सहभागी भएका २५ लाख उपासकको तुलनामा यो उपस्थिति अपेक्षा गरेभन्दा अझै निकै कम हो ।

“यो हजको अवसरमा हजयात्रीहरूको कूल सङ्ख्या महिला पुरूष गरी १८ लाख ४५ हजार ४५ रहेका छन्,” तथ्याङ्क कार्यालयले जनाएको छ ।

कोभिड–१९ को महामारीपछि अघिल्लो वर्ष यो सङ्ख्या १० लाखमा सीमित भएको थियो । यस वर्षको सहभागिता अघिल्लो बर्षको तुलनामा उल्लेख्य वृद्धि देखिएपनि साउदी अधिकारीले यस बर्ष सन् २०१९ को सहभागिताको हाराहारीमा हजयात्री साउदी अरब पुग्ने प्रक्षेपण गरेका थिए ।

सन् २०२० मा कोरोना भाइरसको महामारी उत्कर्षमा पुगेको बेला १० हजारलाई मात्र अनुमति दिइएको थियो भने सन् २०२१ मा यो सङ्ख्यालाई बढाएर ५९ हजार पु¥्यायएको थियो ।

हज इस्लामका पाँच स्तम्भहरूमध्ये एक हो र सबै मुसलमानहरूले आफ्नो जीवनमा कम्तिमा एक पटक मक्का पुग्नै पर्ने मान्यता राख्छन् ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  १० : ११ बजे

एसियाली खेलकुद ब्याटमिन्टन : इरानसँग नेपाल पराजित

काठमाडौं- नेपाली ब्याडमिन्टन खेलाडी क्षितिज खनाल जापानमा जारी बीसौँ एसियाली

आगामी महाधिवेशन हाम्रो परीक्षाको घडी हो : संयोजक कोइराला

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहका संयोजक डा. शशांक कोइरालाले नेपाली

कान्ति लोकपथमा खसेको पहिरो हटाइयो

ललितपुर– कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा

नारायणी नदीको पानी सतर्कता तह पार, बाढीको जोखिम बढ्यो

चितवन– लगातारको वर्षापछि नारायणी नदीको पानीको सतह सतर्कता तह पार