अफ्रिकी मुलुक नाइजरमा सैन्य ‘कू’, राष्ट्रपति बाजुम सेनाको नियन्त्रणमा « Khabarhub

अफ्रिकी मुलुक नाइजरमा सैन्य ‘कू’, राष्ट्रपति बाजुम सेनाको नियन्त्रणमा


११ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफ्रिकी मुलुक नाइजरमा सेनाले ‘कु’ गरेको छ । कर्णेल मेजर अमाडो अब्द्रामानेले राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै देशको शासन सत्ता सेनाले लिएको घोषणा गरेका हुन् ।

समाचार संस्था रोयटर्सका अनुसार त्यहाँको सेनाले राष्ट्रपति मोहामेद बाजुमको सरकारलाई बर्खास्त गर्नुका साथै संविधान विघटन गरी देशका सबै संघसंस्था पनि निलम्बन गरेको छ ।

पश्चिम अफ्रिकी देश नाइजरले आफ्ना सम्पूर्ण अन्तराष्ट्रिय सिमानाका बन्द गरेको छ । नाइजरका राष्ट्रपति मोहम्मद बाजुमलाई बुधबार बिहानैदेखि सेनाले नियन्त्रणमा लिएको छ ।

सैनिकहरूले कुनै पनि प्रकारको विदेशी हस्तक्षेप स्वीकार्य नहुने र नियन्त्रणमा लिइएका बाजुमको रेखदेख आफूहरूले गर्ने बताएका छन्।

भूपरिवेष्ठत मुलुक नाइजर सन् १९६० मा फ्रान्सेली उपनिवेशबाट स्वतन्त्र भएको थियो। स्वतन्त्र भएयता नाइजरमा यसअघि चार पटक सैन्य ‘कू’ भइसकेको छ।

मुस्लिम अतिवादी समूहहरूको दबदबा रहेको अफ्रिकाको सहेल क्षेत्रमा पर्ने नाइजरमा बाजुम सन् २०२१ मा राष्ट्रपति निर्वाचित भएका थिए ।

यताा, अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले बाजुमलाई टेलिफोन गरि वाशिंगटनको ‘अटल समर्थन’ व्यक्त गरेका छन् ।

यस्तै, राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि आफूले राष्ट्रपतिसँग कुरा गर्दै राष्ट्रसंघको पूर्ण सहयोगको प्रस्ताव गरेको बताएका छन् ।

अफ्रिकी युनियनले पनि सैन्य ‘कू’ को विरोध गरेको छ । नाइजरका राष्ट्रपति बाजुम इस्लामीक आतंकवादविरुद्धको लडाईमा पश्चिमाहरुको प्रमुख साझेदार मानिन्थे ।

 

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहीबार  ११ : ०३ बजे

एन्फाका कोषाध्यक्ष र लेखापाल पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष र

भोटेकोशी बाढीको नामाकरण गर्दैछ सरकार

काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको नामकरण

क्रियाशील सदस्यता विवादपछि कांग्रेस सर्लाहीका दुई नेताले दिए राजीनामा

काठमाडौं – नेपाली कांग्रेस सर्लाहीमा क्रियाशील सदस्यता वितरण तथा नवीकरणको

पार्टीको वडा अधिवेशनमा सहभागी हुन कांग्रेसको आग्रह

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

४२ उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा (सूचीसहित)

काठमाडौं – सरकारले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ४२