सत्याग्रहमा बस्ने डा. केसीको चेतावनी « Khabarhub

सत्याग्रहमा बस्ने डा. केसीको चेतावनी


११ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– डा. गोविन्द केसीले सरकारले आफूसँग गरेका सम्झौता तत्काल कार्यन्वयन नभए सत्याग्रहमा बस्ने चेतावनी दिएका छन् ।

उनले आज एक विज्ञप्ति जारी गरी यसअघि सरकारसँग भएका सम्झौता लागू नभए सत्याग्रसहितका कडा आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी दिएका हुन् ।

डा. केसीले चिकित्सा शिक्षा आयोगलाई नटेर्ने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का पदाधिकारीलाई बर्खास्त गर्न माग गरेका छन् ।
उनले सीटीईभीटीका पदाधिकारीले गरेका निर्णय उल्ट्याउन पनि माग गरेका छन्।

डा. केसीले सबै प्रदेशमा सरकारी मेडिकल कलेज र प्रतिष्ठान पुर्याउनुपर्ने, पदाधिकारी नियुक्तिको मापदण्डसम्बन्धी कानुन बनाउने, चिकित्सा शिक्षालाई नाफारहित बनाउने, स्वार्थको द्वन्द्व रोक्न काननुनी व्यवस्था गर्ने लगायत आफूसँग भएका सम्झौता तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् ।

उनले सरकारले सम्झौता कार्यान्वयमा आलटाल गरे सत्याग्रहसहितका आन्दोलनका कार्यक्रम सुरु गर्ने बताएका छन् ।

 

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहीबार  १२ : ४६ बजे

बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा

म्याग्दी– जिल्लाको रणनीतिक महत्वको बेनी–पाखापानी सडक स्तरोन्नतिको योजना अन्तिम चरणमा

पदाधिकारीमा महिला एमालेको ‘देखाउने दाँत’ मात्रै, केन्द्रीय कमिटीमा कति समेटिए ?

काठमाडौं– नेपालको संविधानको धारा २६९ उपधारा (४) अनुसार राजनीतिक दलहरूले

सङ्घीयता नै नागरिकको पहुँचको आधार हो : नेता त्रिपाठी

नवलपरासी (बर्दघाट–सुस्ता–पश्चिम)- जनता प्रगतिशील पार्टी (जप्रपा) नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले

रिहा हुन रविले रुपन्देही अदालतमा बुझाए ३ करोड ७४ लाखको बैंक ग्यारेन्टी

काठमाडौं- सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि