बहुवर्षीय योजनाको मापदण्ड नहुँदा समस्या : मुख्यमन्त्री जमकट्टेल « Khabarhub

बहुवर्षीय योजनाको मापदण्ड नहुँदा समस्या : मुख्यमन्त्री जमकट्टेल


११ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले बहुवर्षीय योजनाको मापदण्ड नहुँदा प्रदेशबाट जथाभावी योजना परेकाले ती योजनाको निर्माण सम्पन्न गर्न समस्या भइरहेको बताएका छन् ।

भौतिक पूर्वाधार विकास मन्त्रालयको समीक्षा बैठकमा उनले मापदण्डविना नै अघिल्ला वर्षमा हालिएको बहुवर्षीय योजनाका कारण धेरै गुनासा आएको जनाउँदै अब मापदण्ड बनाएर त्यसलाई नियन्त्रण गरिने बताएका हुन् । 

उनले अन्तिम समय वैशाख–जेठमा टेन्डर गर्ने र काम नगर्ने परिपाटीको अन्त्य गर्दै अब टेन्डरको काम आर्थिक वर्षको पहिलो चैमासिकमा नै गरिसक्ने व्यवस्था मिलाउँदै लैजाने बताए । 

उनले भने, ‘अब हचुवाका भरमा मात्र काम गर्नेभन्दा पनि पञ्चवर्षे आवधिक योजना बनाएर काम गर्नुपर्छ, अघिल्लो चार वर्षको बहुवर्षीय योजनाको मापदण्ड नहुँदा प्रदेशबाट जथाभावी बहुवर्षीय योजना परे, धेरै गुनासा सुनिए, म आफैँ आर्थिक मामिलामन्त्री हुँदा बहुवर्षीय योजनाको मापदण्ड बनाएर त्यसलाई नियन्त्रण गरेको हुँ ।’

अघिल्लो सरकारले हालेका बहुवर्षीय योजनाको बोझ बोक्नुपरेको र ३० देखि ४० प्रतिशत काम मात्रै भएकाले त्यसलाई सम्पन्न गर्न थप चुनौती रहेको उनले बताए।  काठमाडौँ–हेटौँडा जोड्ने भैँसे–भीमफेदी, फाखेलदेखि फर्पिङसम्मको बाटो मुख्यमन्त्री भएपछि प्राथमिकताका साथ अगाडि बढाए पनि काम सुस्त र गुणस्तरीय हुन नसकेको उनको भनाइ छ । 

पहिलो सरकारको कार्यकालबाट सुधार सुरु भएको काठमाडौँ–हेटौँडा सडकखण्डको भीमफेदीको सडकको काम तीव्र गतिमा सम्पन्न गर्न सवारी साधन ‘डाइभर्ट’ गरे पनि काममा भएको ढिलासुस्तीका कारण समयमा निर्माण सम्पन्न गर्न नसकेकोप्रति उनले चिन्ता व्यक्त गरे। 

मुख्यमन्त्री जम्कट्टेलले देश संघीय शासन प्रणालीमा गएको तीन तहको सरकार हुँदा पनि मकवानपुरको सेवा लिन चितवन, धादिङ जानुपर्ने वा अन्य जिल्लामा धाउनुपर्ने बाध्यताको अन्त्य गर्नुपर्ने बताए। उनले  सहरी विकास र पूर्वाधारणका कार्यालय १३ वटै जिल्लामा पुर्‍याउन कर्मचारीलाई निर्देशन दिर्दै संघीयताको महशुस हुनेगरी आमनागरिकले सहजसँग सेवा पाउनुपर्ने स्पष्ट पारे । उनले सरकारले महत्व दिएका कामलाई प्राथमिकताका साथ अगाडि बढाउन कर्मचारीलाई निर्देशनसमेत दिए।

भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले कुनै पनि योजना व्यक्तिको नभएर जनता र सरकारको भएकाले काम थाल्न आग्रह गरे। उनले चालु आर्थिक वर्ष र आउँदो आर्थिक वर्षसम्ममा हेटौँडाको बुद्धचोकदेखि काठमाडौँसम्मको सडक निर्माण भएर कालोपत्र हुने दाबी गरे। विकास निर्माणका काममा जहाँ समस्या छ त्यहाँको समस्या समाधान गर्न कार्यालयका प्रमुख र कर्मचारी लाग्नुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका सदस्य किरणप्रसाद गजुरेल, प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्याय, भौतिक मन्त्रालयका सचिव शंकरप्रसाद पण्डित, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव महेश आचार्य, यातायात पूर्वाधार निर्देशनालयका निर्देशक लोकनाथ रेग्मीलगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहीबार  १२ : ५७ बजे

खानेपानी मन्त्रालयको जिम्मेवारी पनि श्रममन्त्री भण्डारीलाई

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले खानेपानी मन्त्रालयको जिम्मेवारी श्रम, रोजगार तथा

रुपन्देही अदालतमा प्रक्रिया पूरा गरेपछि थुनामुक्त भए रवि

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने शुक्रबार अपरान्ह

खानेपानी मन्त्रालयको जिम्मेवारी पनि श्रममन्त्री भण्डारीलाई

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले खानेपानी मन्त्रालयको जिम्मेवारी श्रम, रोजगार तथा

बङ्गलादेशको अखवार भवनमा आगलागी, २५ जना पत्रकारको उद्धार

ढाका- ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी

मिर्चैया अस्पतालको पुरानो भवनबाट नगरपालिकाको सेवा सुरु

सिरहा– यहाँको मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा