मिटरब्याज सम्बन्धी विधेयक राष्ट्रियसभाबाट पुनः पारित « Khabarhub

मिटरब्याज सम्बन्धी विधेयक राष्ट्रियसभाबाट पुनः पारित


११ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० राष्ट्रियसभाबाट पुनः पारित भएको छ ।

आज बसेको राष्ट्रियसभाको देस्रो बैठकले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरेको हो ।

सरकारले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी समस्या समाधानका लागि यो विधेयक अघि बढाएको थियो ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सो विधेयकमाथि पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकमा सो विधेयकमाथि छलफलमा भाग लिन कुनै पनि सदस्यले नाम नटिपाएपछि निर्णयार्थ प्रस्तुत गरिएको थियो ।

अब यो विधेयक राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रमाणित गरेर राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउने छन् । राष्ट्रपतिले प्रमाणित गरेपछि यसले कानुनको रुप लिनेछ ।

सभाको आजको पहिलो बैठकमा सचिव डा सुरेन्द्र अर्यालले सो विधेयक टेबुल गरेका थिए । सो विधेयक राष्ट्रियसभामै उत्पत्ति र पारित भएको थियो भने प्रतिनिधिसभाले गत असार ३१ गते संशोधनसहित पारित गरेर राष्ट्रिय सभामा पठाएको थियाे

राष्ट्रियसभाको अर्को बैठक यही साउन १८ गते बिहीबार दिउसो १ बजेर १ मिनेटमा बस्नेछ ।

 

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहीबार  १ : ०४ बजे

चिसियो बक्स अफिस

काठमाडौं- पछिल्लो समय प्रदर्शनमा आएका नेपाली फिल्महरुको व्यापार निराशजनक देखिएको

उत्पीडित समुदायको अधिकारका लागि अझै सङ्घर्स गर्नुपर्नेछ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

रास्वपाले टुंग्यायो ३३ क्षेत्रका उम्मेदवार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

यसरी छानिँदै छ निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।