प्राविधिक शिक्षा : सिक्दै, कमाउँदै छन् विद्यार्थी | Khabarhub Khabarhub

प्राविधिक शिक्षा : सिक्दै, कमाउँदै छन् विद्यार्थी


११ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

बेनी– म्याग्दीको मालिका गाउँपालिका–७ बिममा रहेको किसानी माविमा सञ्चालित प्राविधिक शिक्षा प्रभावकारी बनेको छ । किसानी प्राविधिक शिक्षालय अन्तर्गत बाली विज्ञान र पशु विज्ञान विषय अध्ययन गर्दै आएका विद्यार्थीलाई लक्षित गरी सञ्चालित सिक्दै कमाउँदै कार्यक्रम फलदायी बनेको हो । 

शिक्षालयको बाली विज्ञानतर्फका विद्यार्थीले प्रयोगात्मक सिकाइका लागि गरेको तरकारी खेती व्यावसायिक नै बनेको छ । यहाँका विद्यार्थीले करिब १२ रोपनीमा तरकारी र धान खेती गर्दै आएका छन् । करिब तीन रोपनीमा बर्खे तरकारी खेती गरेका विद्यार्थीको करेसाबारीमा अहिले लौका, गोलभेडा, घिरौँला, तितेकरेला, भाण्टा लगायतका तरकारी उत्पादन भएको छ ।

विद्यार्थीको करेसाबारीको उत्पादन रहरलाग्दो छ । विद्यार्थीले उत्पादन गरेको कृषि उपज उनीहरु स्वयंले प्रयोग गर्छन् भने गाउँमासमेत बिक्री गर्दै आएको शिक्षालयका प्रमुख करन कँडेलले जानकारी दिए । 

उनका अनुसार, बाली विज्ञान तर्फका विद्यार्थीले एक हजार किलोग्राम बढी आलु उत्पादन गरेर बिक्री गरिसकेका छन् । यसअघि उनीहरूले च्याउसमेत उत्पादन गरेर बिक्री गरी आम्दानी गरेका थिए । विद्यार्थीले चार रोपनी जग्गामा धान खेतीसमेत गरेका छन् । यस शिक्षालयमा पशु विज्ञान अध्ययन गर्ने विद्यार्थीले कुखुरापालन गर्दै आएका छन् । ‘सिक्दै कमाउँदै कार्यक्रम निकै प्रभावकारी बनेको छ, उनीहरु विद्यालय समय भन्दा बाहिरको समयलाई उत्पादनमूलक क्षेत्रमा लगाएका छन्, व्यवहारिक शिक्षासँगै आम्दानी समेत गर्न सफल भएका छन’–शिक्षालयका प्रमुख कँडेलले भने । विसं २०६८ मा सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी १८ महिने जेटिए, तीन वर्षे बाली विज्ञान र तीन वर्षे पशु विज्ञानमा पठनपाठन गराउँदै आएको प्राविधिक शिक्षालयमा अहिले कूल एक सय ४२ जना अध्ययनरत छन् । 

यहाँ अध्ययन गरेका विद्यार्थी कृषि र पशु शाखातर्फ विभिन्न क्षेत्रमा रोजगारमासमेत आवद्ध हुने क्रम बढेको र घरपरिवारलाई समेत उत्पादनसँग जोड्न सफल भएको विद्यालयका प्रधानध्यापक जंगबहादुर गर्बुजाले जानकारी दिए । यस शिक्षालयले १८ महिने जेटिए, तीन वर्षे बाली विज्ञान र तीन वर्षे पशु विज्ञानतर्फ ४०-४० जना सिटमा भर्ना खुलाएको छ ।  

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहीबार  १ : ०२ बजे

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले