सम्बन्धविच्छेद गर्नेको सङ्ख्या बढ्दै « Khabarhub

सम्बन्धविच्छेद गर्नेको सङ्ख्या बढ्दै


११ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

रामपुर – पाल्पामा पछिल्लो तीन वर्षयता सम्बन्धविच्छेद गर्नेको सङ्ख्या बढ्दै गएको छ । जिल्ला अदालत पाल्पामा दर्ता भएका मुद्दामध्ये ४३ प्रतिशत सम्बन्धविच्छेदका मुद्दा रहेका छन् ।

आर्थिक वर्ष २०७९-८० मा एक हजार १७ मुद्दा दर्ता भएकामा चार सय ४३ सम्बन्धविच्छेदका रहेका जिल्ला अदालतका तहसिलदार भेषराज खनालले बताएका छन् । उनका अनुसार सम्बन्धविच्छेदका तीन सय ६३ मुद्दा मात्र फछर्यौट भएका छन् । गत आवमा दर्ता भएका कूल मुद्दामध्ये ७१ दशमलव ६८ प्रतिशत फछर्यौट भएको जिल्ला अदालतले जनाएको छ । 

त्यस्तै, आव २०७८-७९ मा आठ सय ३४ मुद्दा दर्ता भएकामा तीन सय ७४ मुद्दा सम्बन्धविच्छेदका थिए । सो अवधिमा दुई सय ९२ मुद्दा फछर्यौट भएका थिए । आव २०७७-७८ मा छ सय ३६ मुद्दा दर्ता भएकामा दुई सय २८ सम्बन्धविच्छेदसम्बन्धी मुद्दा दर्ता भएका थिए । सो अवधिमा एक ४६ मुद्दा मात्र फछर्यौट भएका खनालले बताए। उनका अनुसार पछिल्लो तीन वर्षमा जिल्लामा दुई हजार चार सय ८७ मुद्दा दर्ता भएकामा एक हजार ४५ सम्बन्धविच्छेदका छन् ।

अपरिपक्व उमेरमा गरिएको विवाह, प्रेम विवाह र वैदेशिक रोजगारीलगायत कारणले सम्बन्धविच्छेद गर्ने दम्पतीको सङ्ख्या बढ्दै गएको खनालको भनाइ छ । उनका अनुसार अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा धेरै सम्बन्धविच्छेदका छन् ।

वैदेशिक रोजगार, कम उमेरमा विवाह, प्रेम विवाह, सामाजिक सञ्जालको बढ्दो प्रयोग र अन्य पारिवारिक समस्याका कारण पछिल्ला समयमा सम्बन्धविच्छेद गराउनेको सङ्ख्या बढ्दै गएको देखिएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहीबार  २ : २१ बजे

च्याम्पियन्स लिग : फाफोसविरुद्ध युभेन्टसको महत्त्वपूर्ण जित

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत बिहीबार बिहानको खेलमा युभेन्टस विजयी

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा– बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका

च्याम्पियन्स लिग : म्यानचेस्टर सिटीसँग रियल म्याड्रिड पराजित

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत बिहीबार बिहानको खेलमा म्यानचेस्टर सिटी

पर्वतहरू प्रकृतिका अमूल्य धरोहर : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २३औँ विश्व

आर्सनलको जितमा नोनी बने नायक : ब्रुग ३–० ले पराजित

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत बिहीबारको खेलमा आर्सनल विजयी भएको