चोरीका मोटरसाइकलसहित ७ जना पक्राउ « Khabarhub

चोरीका मोटरसाइकलसहित ७ जना पक्राउ


११ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


672
Shares
  • change font
  • change font
  • change font

बारा– बारा प्रहरीले चोरीका १२ वटा मोटरसाइकलसहित सातजनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यलय बाराका अनुसार बाराको बिभिन्न स्थानबाट चोरी भएको १२ मोटरसाइकलसहित मोटरसाइकल चोरी गर्ने गिरोह प्रहरीले पक्राउ गरेको हो ।

चोरी भएका बा २६ प ७७५३, ज ११ प ८४९५, ना ५१ प २७९०, ना ५२ प ७१३२, BR 05 F 0603, BR 05 A 9062, , ना ४१ प ८४६८, बा ९० प ५००८, मधेश प्रदेश ०३ ०२६ प ९९५६, बा ६४ प ४६८४ र दुईवटा अन टेस्ट नयाँ मोटरसाइकल नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ ।

प्रहरीले जिल्ला बारा जितपुरसिमरा उपमहानगरपालिका वडा नं। १६ का १९ वर्षीय विर्धोज वाईवा, सोही ठाँउका १९ वर्षीय सुदर्शन बोम्जन, कलैया उपमहानगपालिका वडा न‌ं. २० बस्ने २० वर्षीय दीपेन्द्रकुमार महतो, सोही ठाँउका १९ वर्षीय राधेश्याम महता, सोही ठाँउका २१ वर्षीय सतेन्द्र कुमार गुप्ता, महागढीमाई नगरपालिका वडा नं. ९ का २० वर्षीय राजीनन्द महतो र रौतहट जिल्ला चन्द्रनिगाहपुर नगरपालिका वडा नं। २ का २६ वर्षीय पञ्चलाल बलोनलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

मोटरसाइकल चोरी भएको निवेदनको आधारमा खोजतलास गर्दै जाने क्रममा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा विभिन्न समयमा मोटरसाइकल मानिस बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूलाई चोरी तथा डाँकासम्बन्धी मुद्दामा बारा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको बारा प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहीबार  ३ : २४ बजे

राष्ट्रियसभाको बहस, सरकार संसद्प्रति जबाफदेही हुनुपर्छ

काठमाडौं– राष्ट्रियसभाका सांसदहरूले सरकार संसद्प्रति जिम्मेवार र जबाफदेही हुनुपर्नेमा जोड

भारतीय चर्चित गायक शान नेपालमा, गाएका थिए द्विभाषिक ‘मुसुमुसु हाँसिदेऊ’

काठमाडौं– नेपाली र हिन्दी शब्द समेटिएको द्विभाषिक गीत गाएका चर्चित भारतीय

रास्वपा बैठक छलेका बालेन मनोनीत हुनेहरूको नामसमेत रविलाई नदिई हिँडेका थिए मुस्ताङतिर

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पहिलो महाधिवेशनको दुई

रास्वपाले जेन-जी सांसद पुरुषोत्तमलाई बनायो सहमहामन्त्री

काठमाडौं– जेन-जी अभियान्ता पुरुषोत्तम यादव राष्ट्रिय स्वतन्त्र पार्टीको सह महामन्त्री

काठमाडौंको फोहर व्यवस्थापनसम्बन्धी छलफलमा अचानक ‘फायर’ भइन् आशिका

काठमाडौं- काठमाडौं उपत्यकाको फोहरमैला व्यवस्थापनसम्बन्धी छलफलमा चर्काचर्की भएको छ ।