कोशी प्रदेश : ७ दिनभित्र नयाँ सरकार गठन गर्न सर्वोच्चको आदेश « Khabarhub

कोशी प्रदेश : ७ दिनभित्र नयाँ सरकार गठन गर्न सर्वोच्चको आदेश


११ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोशी प्रदेशमा ७ दिनभित्र नयाँ सरकार गठन गर्न सर्वोच्चले  आदेश दिएको छ । सर्वोच्चका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले बिहीबार कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया थाल्न आदेश दिएको हो ।

मुख्यमन्त्री नियुक्त गर्दा कोशी प्रदेशका सभामुखले दिएको मत असंवैधानिक भएको भन्दै सर्वोच्चले अर्को सरकार गठनको प्रक्रिया अगाडि बढाउन आदेश दिएको हो ।

आदेशअनुसार नेपालको संविधानको १६८ (२) बमोजिम अर्को सरकार गठन हुनेछ । यदि सात दिनभित्र कुनै पनि दलले बहुमत जुटाउन नसकेको खण्डमा धारा १६८ को ३ बमोजिम प्रदेशको सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार गठन हुनेछ ।

कोशी प्रदेशसभा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले सभामुख बाबुराम गौतमको हस्ताक्षरबाट थापालाई मुख्यमन्त्रीमा गरिएको नियुक्ति असंवैधानिक दाबी गर्दै बदरको माग राखेर दायर रिटको सुनुवाइपछि दिएको पूर्ण इजलासको आदेशमा भनिएको छ, ‘सभामुखको पदमा बहाल रहेको व्यक्तिले प्रदेश सभा सदस्यको पनि हैसियत रहेको भनी छुट्टै थप वा दोहोरो भूमिकाको दाबी गर्न मिल्दैन ।’

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहीबार  ४ : २० बजे

एकता सन्देश सभामा सहभागी हुन पार्टी मातहतका कमिटीलाई आह्वान

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने

एसिया कप : सेमिफाइनका दुई खेल आज हुँदै

काठमाडौं – दुवईमा जारी यू-१९ एसिया कपको सेमिफाइनलका दुई खेल

निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित

रवि लामिछाने आज छुट्ने

काठमाडौं – सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

निर्वाचन आउन ७६ दिन बाँकी : समावेशी प्रतिनिधित्व गराउन कानूनमा संशोधन

काठमाडौं – समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि