सेवाग्राही बनेर यातायात व्यवस्था कार्यालयमा मन्त्रीको छड्के जाँच « Khabarhub

सेवाग्राही बनेर यातायात व्यवस्था कार्यालयमा मन्त्रीको छड्के जाँच


११ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले आज पोखरास्थित यातायात व्यवस्था कार्यालयको छड्के जाँच गरेका छन् ।

सेवाग्राही सरह कार्यालय पुगेका मन्त्री जुग्जालीले सवारी चालक अनुमतिपत्र र सवारीसाधन दर्ता तथा नवीकरणसम्बन्धी सेवा दिने कार्यालयको गोप्य अनुमगन गरेका थिए ।

सेवाग्राहीसँगै लाममा उभिएर उहाँले कार्यालयको सेवा प्रवाहका सम्बन्धमा गुनासा र सुझाव सुनेका थिए । मन्त्रीले जुग्जालीले सवारी चालक अनुमपतिपत्रको ‘ट्रायल सेन्टर’को पनि अनुगमन गरेका थिए । मन्त्रीसमक्ष सेवाग्राहीले कार्यालयको सेवा लिन लामो समय लाममा उभिनुपर्ने समस्या कम हुँदै गएको प्रतिक्रिया दिएका थिए । कार्यालयले बिहान ८ः०० बजेदेखि नै सेवा दिन थालेपछि सेवा प्रवाह छिटो–छरितो बन्दै गएको छ ।

सेवाग्राहीको सहजताका लागि सवारी चालक अनुमतिपत्रको नवीकरणका लागि अनलाइनबाटै राजस्व तिर्न मिल्ने व्यवस्था मिलाइएको छ । कार्यालयको सेवाप्रति सेवाग्राहीको धारणा बुझ्न र समस्या तथा सुधारका पक्ष पहिचानका लागि आकस्मिक अनुगमन गरेको मन्त्री जुग्जालीले बताए।

सो क्रममा कार्यालय प्रमुख तथा कर्मचारीले छरितो र सहजरूपमा सेवा उपलब्ध गराउन हरसम्भव प्रयास गरिएको मन्त्रीसमक्ष बताएका थिए । सेवाग्राहीको बढी चाप हुने यातायात कार्यालयमै दरबन्दीअनुसारको कर्मचारी नहुँदा केही समस्या भएको उनीहरूको गुनासो थियो ।

मन्त्री जुग्जालीले जनशक्ति व्यवस्थापनसँगै पोखराको ‘ट्रायल सेन्टर’मा देखिएको सेवाग्राहीको चाप घटाउन छिट्टै बागलुङबाट पनि गाडीको सवारी चालक अनुमतिपत्रको परीक्षा सञ्चालन गर्न लागिएको बताए । उनले यसअघि गत जेठमा पनि यातायात व्यवस्था कार्यालयको छड्के जाँच गरेका थिए ।

यातायात व्यवस्था कार्यालयको सेवा चुस्त र प्रभावकारी बनाउन मन्त्री जुग्जालीले मन्त्रालयको जिम्मेवारीमा आएको सुरुदेखि नै पहल लिएका थिए । कार्यालयले बिहानी सेवा पनि सुरु गरेपछि अहिले सेवा प्रवाह थप प्रभावकारी बनेको छ ।

राजस्व बुझाउनेदेखि ‘लाइसेन्स’को लिखित र प्रयोगात्मक परीक्षासमेत बिहान ८ः०० बजेदेखि नै सुरु हुन्छ । जसले गर्दा कार्यालयमा हुने भीडभाड घटेको छ । कर्मचारीले सहज र छरितो ढङ्गले सेवा दिन पाएका छन् । दिउँसोमा सेवाग्राहीको चाप थेगिनसक्नु भएपछि कार्यालयले गत जेठदेखि बिहानी सेवा सुरु गरेको थियो ।

बिहानी सेवा सुरु भएपपछि अहिले करिब ३० प्रतिशत सेवाग्राहीले १०ः०० बजेअघि नै सेवा लिइसक्ने कार्यालयले जनाएको छ । घन्टौँ लाममा बस्नुपर्ने स्थिति हटेको छ । मन्त्री जुग्जालीले यातायातसम्बन्धी सेवाका लागि कार्यालय धाइरहन नपर्ने स्थितिको सिर्जनाका लागि आफूहरू लागिपरेको बताए।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहीबार  ५ : ४१ बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा