ट्युनिसियामा आठ सय आप्रवासीको डुबेर मृत्यु « Khabarhub

ट्युनिसियामा आठ सय आप्रवासीको डुबेर मृत्यु


११ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


516
Shares
  • change font
  • change font
  • change font

ट्युनिस– ट्युनिसियामा डुङ्गाबाट युरोप पुग्ने क्रममा यस वर्षको पहिलो छ महिनामा करिब ८०० आप्रवासीको डुबेर मृत्यु भएको नेसनल गार्डका प्रवक्ता होउसेम एड्डाइन जेबाब्लीले बताएको छ ।

उनले एएफपीलाई दिएको जानकारीमा भने, ‘१०२ ट्युनिसियाली, अन्य विदेशी र अज्ञात व्यक्तिसहित ७८९ आप्रवासीको शव समुद्रबाट निकालिएको छ । यो अवधिमा ३४ हजारभन्दा बढीको उद्धार गरिएको छ ।’ 

उत्तर अफ्रिकी देश(ट्युनिसिया) युरोपमा राम्रो जीवनको आशामा जोखिमपूर्ण समुद्री यात्राको प्रयास गरिरहेका अनियमित आप्रवासी र शरण खोज्नेहरूका लागि एक प्रमुख प्रवेशद्वार बनेको छ ।

ट्युनिसिया इटालियन टापु लाम्पेडुसाबाट लगभग १३० किलोमिटर को दूरीमा अवस्थित छ । जेबाब्लीले भने, ‘जनवरी १ देखि जुन २० को बीचमा कूल ३४ हजार २९० आप्रवासीलाई रोकेर उद्धार गरिएको छ । यो सङ्ख्या गत वर्षको सोही अवधिको नौ हजार २१७ को तुलनामा निकै बढी हो ।’ 

यस वर्ष उद्धार गरिएकामध्ये ३० हजारभन्दा बढी विदेशी नागरिक रहेको र तीमध्ये अधिकांश सब-सहारा अफ्रिकाका रहेको उनले बताए। 

सामुद्रिक सुरक्षा एकाइहरूले पहिलो छ महिनामा एक हजार ३१० उद्धार प्रयासहरू सञ्चालन गरेको र उक्त सङ्ख्या अघिल्लो वर्षको सोही अवधिको सङ्ख्याभन्दा दोब्बर भन्दा बढी हो ।

इटालियन सरकारका अनुसार यस वर्ष अहिलेसम्म ८० हजारभन्दा बढी मानिसहरू भूमध्यसागर पार गरेर यसको किनारमा आइपुगेका छन्, जसमध्ये अधिकांश ट्युनिसिया र युद्धग्रस्त लिबियाबाट आएका हुन् ।

अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनका अनुसार सन् २०१४ यता मध्य भूमध्यसागरीय क्षेत्र विश्वको सबैभन्दा खतरनाक आप्रवासी मार्ग बनेको छ र यसले २० हजारभन्दा बढीको ज्यान लिइसकेको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहीबार  ६ : ४१ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले