सार्थक व्यक्तित्व निर्माणका लागि शिक्षा अपरिहार्य : गृहमन्त्री  | Khabarhub Khabarhub

सार्थक व्यक्तित्व निर्माणका लागि शिक्षा अपरिहार्य : गृहमन्त्री 


११ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सार्थक व्यक्तित्व निर्माणका लागि शिक्षा अपरिहार्य भएको बताएका छन् ।

आज महोत्तरीको बर्दिवास–३ गौरीडाँडास्थित जनता माध्यमिक विद्यालयले आयोजना गरेको तीन दिने शिक्षा सम्मेलनको उद्घाटन गर्दै उनले शिक्षाले जीविकोपार्जन मात्र नभएर मुख्यतः मानिस हुनुमा जीवनको महत्त्वबारे सुशिक्षित गराउन पर्ने आवश्यकता औँल्याए ।

पछिल्लो कालमा प्राविधिक धारको व्यावसायिक शिक्षामा जोड दिइँदै आएको ठीक भए पनि हाम्रो शिक्षाले विवेक, मानवीय मूल्य मान्यता र मान्छे हुनुको दायित्व बोध गराउनैपर्ने मन्त्री श्रेष्ठको भनाइ छ । जीविकोपार्जनमा मात्र जोड दिइयो र प्राविधिक शिक्षा पाएकाहरूले पैसाका लागि मात्र काम गर्न थाले भने मुलुकले चाहेको सुशासन फलित हुन नसक्ने उनको भनाइ थियो ।

‘हाम्रो आवश्यकता मुलुकको समृद्धि हो, यसका लागि विकास र सुशासन अपरिहार्य छन्’, उनले भने, ‘यी कुरा अघि बढाउन इमानको मान्छे चाहिन्छ, हाम्रो शिक्षाले त्यो इमान दिनपर्‍यो ।’

फरक प्रसङ्गमा उपप्रधानमन्त्री श्रेष्ठले मुलुकका जनतालाई सुशासनको अनुभूति दिन भ्रष्टाचार विरुद्धको अभियानलाई अझ सशक्त ढङ्गले अघि बढाइने प्रतिबद्धता जनाए।

विद्यालयले आगामी १० वर्षे शिक्षाको प्रारूप, पठनपाठन व्यवस्थापन र व्यावसायिक शिक्षालाई प्रवर्द्धन गर्ने हेतुले तीन दिने सम्मेलन आयोजन गरिएको प्रधानाध्यापक दीपकराज बरालले जानकारी दिए। मुलुकका ख्याति प्राप्त शिक्षाविद्हरूलाई सहभागी गराई विद्यालयको सेवा क्षेत्रका, आमा समूहका अगुवा, अभिभावक र शिक्षकलाई विभिन्न समूहमा छलफल गराई सुझाव लिने मुख्य ध्येय रहेको प्रअ बरालको भनाइ छ ।

सम्मेलनको उद्घाटन सत्रमा शिक्षाविद्हरू डा बलराम तिमल्सिना, पूर्ण दवाडी र समाजशास्त्री विमल फुँयालसहितका विज्ञले तीन दिन छलफल गरिने विषयबारे जानकारी दिए । सामुदायिक विद्यालयले शैक्षिक सम्मेलन नै आयोजन गरेर असल प्रयत्न अघि बढाएको यो सकारात्मक कदम भएको शिक्षाप्रेमीहरूको टिप्पणी छ । 

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहीबार  ७ : ०६ बजे

नेपालमा अपार सम्भावना छ, विदेश जानुपर्दैन : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले युवा तथा

प्रतिपक्षीको विरोधपछि मधेस प्रदेशसभा अवरुद्ध

जनकपुर– मधेस प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दलको विरोधका कारण अवरुद्ध

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक