‘विवेकशील साझा व्यक्ति भन्दा पनि सामूहिक नेतृत्वमा केन्द्रित’  « Khabarhub

‘विवेकशील साझा व्यक्ति भन्दा पनि सामूहिक नेतृत्वमा केन्द्रित’ 


११ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बाँस्कोटाले पार्टी व्यक्ति भन्दा पनि सामूहिक नेतृत्वमा केन्द्रित रहेको बताएकी छन् ।

विवेकशील साझा पार्टीको छैटौँ स्थापना दिवसका अवसरमा बिहीबार ललितपुरमा आयोजित कार्यक्रममा बाँस्कोटाले पार्टी व्यक्तिको वरिपरि घुम्दा विगतमा पनि समस्या देखिएको भन्दै सामूहिक नेतृत्वमा केन्द्रित रहेको बताएकी हुन् । व्यक्तिगत रुपमा पार्टी चलाउँदा कुनै न कुनै बेला पार्टीलाई घात हुन सक्ने सिकाइ पार्टीले भोग्नुपरेको उनले बताइन् । 

बाँस्कोटाले सामूहिक नेतृत्वमा जाँदा देशभरी नै पार्टीप्रतिको बुझाई नै फरक पर्न जाने जिकिर गरिन्। उनले पार्टीभित्र एकले बोलेको कुराले अर्कोलाई कति असर पर्छ भन्ने नेताहरूले बुझ्न जरुरी रहेको धारणा राखे । बाँस्कोटाले पार्टीलाई बलियो बनाउन नेतृत्वलाई पनि हौसला प्रदान गर्नुपर्ने बताइन् ।

कार्यक्रममा विवेकशील साझा पार्टीले प्रथम राष्ट्रिय महाधिवेशनबाट पारित परिवर्तनको संकल्प, सामाजिक न्याय र समृद्धिको अठोट विषयक राजनीतिक दस्तावेज सार्वजनिक गरेको थियो । विभिन्न व्यक्तिहरूलाई कदर पत्र प्रदान गरिएको थियो ।  

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहीबार  ७ : ५८ बजे

मल्लकालीन भैरव नाच सुरु

भक्तपुर– मध्यपुरथिमि नगरपालिकामा तान्त्रिक विधिअनुसार सञ्चालन हुने मल्लकालीन भैरव अर्थात्

रसुवा बाढीपछि नेकपा बहुमतको राष्ट्रिय सम्मेलन स्थगित, उद्धार तथा राहतमा जुट्न निर्देशन

काठमाडौं- रसुवाको भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

दमौली– देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास नगरपालिका–५

साल्पा मेला भर्न गएका शिक्षकको कुटपिट गरेर हत्या, एकैगाउँका ११ जना समातिए

काठमाडौं- खोटाङबाट प्रसिद्ध धार्मिकस्थल साल्पा पोखरीमा मेला भर्न गएका एकजना

इरानद्वारा अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र प्रहार

वासिङ्टन- इरानले अमेरिकी आक्रमणको जवाफमा जोर्डनमा रहेका अमेरिकी सैन्य अखडालाई लक्षित